logo
२०८० चैत्र १६ शुक्रवार



फ्रान्सले ह्वावेइमाथि कडाइ गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह   

अन्तर्राष्ट्रिय |


फ्रान्सले ह्वावेइमाथि कडाइ गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह   


बेइजिङ, असार २२ गते ।
पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेइको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको अनुमति पत्र प्रतिबन्धित गर्ने निर्णय गरेपछि चीनले फ्रान्सलाई आफ्ना कम्पनीहरूको लागि ‘उचित र निष्पक्ष’ वातावरणको ग्यारेन्टी गर्न फ्रान्ससँग आग्रह गरेको छ ।    

संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाले ह्वावेइलाई उनीहरूको फाइभ–जी नेटवर्कबाट प्रतिबन्ध लगाएको छ । त्यस्तै फाइनान्सियल टाइम्सका अनुसार बेलायतले यस महिनामा ह्वावेइका उपकरणहरू आफ्ना दूरसञ्चार प्रणालीबाट निकाल्ने सम्भावना रहेको छ ।    
फ्रान्सको कम्प्युटर प्रणालीको सुरक्षाका लागि राष्ट्रिय निकायले सोमबार बताए अनुसार पहिलेदेखि नै फाइभ जी उपकरण प्रयोग गर्दै आएका स्थानीय अपरेटरहरू एसएफआर र बोइगिज टेलिकमका लागि भने फाइभ–जी प्रविधि सञ्चालन गर्न आठ बर्षे इजाजतपत्र जारी गरिनेछ ।    
    
चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले सोमबार नियमित पत्रकार भेटमा भन्नुभयो, “फ्रान्सले “निश्चित उद्देश्य र निष्पक्ष दृष्टिकोण राख्नेछ र बजार तथा उद्यमहरुलाई उसको आफ्नै हितका लागि छनौट गर्न सहयोग पुर्याउनेमा बेइजिङ विश्वस्त रहेको छ ।”    
    
उहाँले फ्रान्सलाई चिनियाँ उद्यमहरू लगायत सबै देशका उद्यमहरुलाई खुला, निष्पक्ष, न्यायसङ्गत र गैर भेदभावपूर्ण व्यवसायीक वातावरण प्रदान गर्न व्यावहारिक कदम चाल्न आग्रह गर्नुभयो ।    
    
ह्वावेइले यूरोपमा खासगरी मुख्यतया स्विडेनको एरिक्सन र फिनल्याण्डको नोकियासँग प्रतिस्पर्धा गर्दै फाइफ–जी प्रविधिका क्षेत्रमा अरबौँ डलर लगानी गरेको छ ।    
तर संयुक्त राज्यले चिन्ता व्यक्त गरेको छ कि कम्पनीको प्रविधि चीनले अन्य देशहरूमा ‘ट्रोजन हर्स’को रूपमा प्रयोग गर्न सक्ने भन्दै यस प्रविधिलाई प्रयोग नगर्न आफ्ना सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?