logo
२०८० चैत्र १६ शुक्रवार



बाल्टिमोरमा कोलम्बसको स्मारक तोडफोड

अन्तर्राष्ट्रिय |


बाल्टिमोरमा कोलम्बसको स्मारक तोडफोड


बाल्टिमोर, असार २१ गते। अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरूले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् । बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न प्रदर्शनकारीले डोरीको प्रयोग गरेका थिए ।
प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीहरूले अमेरिकामा पछिल्ला दिनहरूमा कोलम्बस, कन्फिडेरेट नेताहरू र अरुहरूका स्मारकहरू सार्वजनिक स्थलबाट हटाउन माग गरिरहेका छन् । प्रदर्शनकारीको विचारमा इटालेली अन्वेषक क्रिस्टोफर अमेरिका सहित पश्चिमा देशहरूमा जातिसंहार र आदिवासी जनताको शोषणका लागि जिम्मेवार रहेका छन् ।
बाल्टिमोर सन अखबारका अनुसार उक्त स्मारक नगरपालिकाको स्वामित्वमा रहेको तथा पूर्वमेयर विलियम डोनाल्ड साफर र राष्ट्रपति रोनाल्ड रेगनको नाममा समर्पित रहेको थियो । बाल्टिमोरका मेयर बर्नार्ड योङका प्रवक्ता लेस्टर डेभिसले स्मारक भत्काइनु इतिहासलाई आफूखुशी व्याख्या गर्नु हो भन्नुभयो ।
प्रदर्शनकारीहरूले कोलम्बसका स्मारकहरू अरु राज्य एवं शहरहरूमा पनि भत्काइएका छन् । प्राप्त जानकारी अनुसार मायामी, रिचमन्ड, भर्जिनिया, सेन्ट पल, मिनेसोटा, बोस्टनमा रहेका कोलम्बसका शालिक तोडफोड गरिएका छन् ।
इटालीका अन्वेषक क्रिस्टोफर कोलम्बसले पन्ध्रौँ शताब्दीमा अमेरिका पत्ता लगाएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप