logo
२०८१ बैशाख ८ शनिवार



प्यूठानमा भित्रियो सलहः कतै आगो बालेर, कतै बाजा बजाएर लखेट्दै

प्रदेश |


प्यूठानमा भित्रियो सलहः  कतै आगो बालेर, कतै बाजा बजाएर लखेट्दै
सहल भगाउन बाँदिकोटमा निकालिएकाे धूवाँ तस्विर साभार ः विश्वबन्धु थापा ।


सुजल श्रेष्ठ
प्यूठान, असार १६ गते । जिल्लामा सलह (कीरा) भित्रिएको छ । जिल्लाका विभिन्न स्थानमा सलह देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।
पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका–२ चुँजाबाट सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जानकारी दिनुभयो । सोमबार बेलुका भित्रिएको सहल अहिले जिल्लाका विभिन्न ठाउँमा फैलिएका छन् ।
जिल्लाको बरौला, अर्खा, रजबारा, बाँदिकोटलगायत ठाउँमा सलह देखिएपछि किसानले आगो बालेर लखेट्न थालेको रजबाराका स्थानीय लाल बहादुर सेनले बताउनुभयो । उहाँका अनुसार सलह देखिएपछि किसानले बाजागाजा बजाउने, आगो बाल्नेलगायत उपाय अपनाएर लखेट्ने काम गरिरहेका छन् ।
यसअघि आइतबार सरुमारानी गाउँपालिकाको बाङ्गेसालमा फाट्टफुट्ट सलह देखिएको थियो । अहिले ठूलो झुण्डमा सलह देखिन थालेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?