logo
२०८१ बैशाख १३ बिहीवार



गण्डकीमा थपिए २१ कोरोना सङ्क्रमित, कुल सङ्क्रमित २४७ पुगे

प्रदेश |


गण्डकीमा थपिए २१ कोरोना सङ्क्रमित, कुल सङ्क्रमित २४७ पुगे


चन्द्रप्रकाश शर्मा
पोखरा, असार ३ गते । गण्डकी प्रदेशमा बुधबार २१ जना नयाँ कोरोना भाइरस कोभिड १९ सङ्क्रमित पुष्टि भएका छन् । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८ र पर्वतका तीन जनामा कोरोना सङ्क्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या २४७ पुगेको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ पुष्टि भएका २१ जना सबै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकाहरू रहेका छन् । निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्मामा अनुसार नयाँ सङ्क्रमण हुनेमध्ये नवलपरासीको हप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, स्थानीय तह नखुलेका २७ वर्षका पुरुष र कावासोती नगरपालिकाका ३७ वर्षका पुरुष रहेका छन् । यीमध्ये कावासोतीका ३७ वर्षीय पुरुषको स्वाब भरतपुर अस्पतालमा परीक्षण गरिएकोमा मङ्गलबार कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको थियो ।
यस्तै, पर्वतको फलेवास नगरपालिकाका १९ र २१ वर्षीय पुरुष र ४६ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नयाँ सङ्क्रमण पुष्टि भएकामध्ये नवलपरासीकालाई रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा स्थापना गरिएकाे र पर्वतका सङ्क्रमितलाई पर्वतमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा उपचारका लागि लैजाने तयारी भइरहेको छ ।
नयाँ सङ्क्रमण पुष्टि भएसँगै नवलपरासीमा गण्डकी प्रदेशमै सबैभन्दा धेरै कोरोना सङ्क्रमित रहेका छन् । पछिल्लो विवरण अनुसार नवलपरासी पूर्वमा ६६, स्याङ्जामा ६४ जना, बागलुङमा ४१ जना, पर्वतमा २९ जना, गोरखामा २५ जना, तनहुँमा ११ जना, कास्कीमा सात जना, म्याग्दीमा तीन जना र लमजुङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण भएका २४७ जनामध्ये २२ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किसकेको र एक जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?