logo
२०८० चैत्र १५ बिहीवार



गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए, सबै भारतबाट आएका थिए

प्रदेश |


गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए, सबै भारतबाट आएका थिए


चन्द्रप्रकाश शर्मा
पोखरा, असार २ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २२३ पुगेको छ । मंगलबार बिहान गण्डकीका पाँच जिल्लामा १८ जना नयाँ संक्रमित भेटिएका थिए । गण्डकी स्वास्थ्य निर्देशदालयका अनुसार नयाँ पुष्टी हुने संक्रमितमा गोरखाका १० जना, स्याङ्जाका चार जना, नवलपरासीका दुई जना, कास्कीका एक जना र बागलुङका एक जना रहेका छन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्षका पुरुष, ३१ वर्षका महिला र बारवापक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९, १८ वर्षका पुरुष, नवलपरासीको विनयत्रिवेणी गाउँपालिकाका १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १९ वर्षका पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
नयाँ संक्रमण पुष्टी भएका १८ जना सबै भारतबाट आई सिधै स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरु रहेको र नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लामा स्थापना गरिएको आइसोलेसनमा ल्याउने काम भएको शर्माले बताउनुभयो । नयाँ संक्रमण पुष्टी भएसँगै कुल संक्रमितको संख्या स्याङ्जामा ६४ जना, नवलपरासी पुर्वमा ४८ जना, बागलुङमा ४१ जना, पर्वतमा २६ जना, गोरखामा २५ जना, तनहुँमा ९ जना, कास्कीमा ६ जना, म्याग्दीमा ३ जना र लमजुङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण भएका २२३ जना मध्य अहिलेसम्म २० जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?