logo
२०८१ बैशाख ८ शनिवार



सुर्खेतमा बिहीबार मृत्यु भएका युवकमा कोरोना भएको पुष्टि

प्रदेश |


सुर्खेतमा बिहीबार मृत्यु भएका युवकमा कोरोना भएको पुष्टि


मुना हमाल
सुर्खेत, जेठ २३ गते । सुर्खेतमा कोरोना सङ्क्रमणका कारण एक जना युवाको मृत्यु भएको छ । क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि बुधबार उहाँ घर फर्किभएकाे थियाे । तर उहाँको बिहीबार बिहान २ बजेतिर एक्कासि मृत्यु भएको थियो ।

उहाँ घर फर्किएपछि गाउँमै रहेको सामुदायिक भवनमा बस्नुभएकाे र उहाँको त्यहीँ मृत्यु भएको हो । एक हप्ता परिवारसँग टाढा बस्न सुझाव दिएपछि उहाँसहित पाँच जना सोही भवनमा बस्नुभएकाे थियाे ।

उहाँ पञ्चपुरी नगरपालिका वडा नं. १, हाँसेगाउँका २० वर्षीय युवा हुनुहुन्छ । उहाँ जेठ ७ गते भारतबाट फर्किएर जनता मावि, विद्यापुरको क्वारेन्टाइनमा बसेका थिए । उहाँको मृत्यु भएपछि बिहीबार स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि वीरेन्द्रनगर ल्याइएको थियो । स्वास्थ्य सेवा कार्यालय, सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले स्थानीय पालिकासँग समन्वय गरेर नेपाली सेनाले शव व्यवस्थापन गर्न परिचालन भइसकेको बताउनुभयो ।

मृत्युबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने आधिकारिक पुष्टि गरेको छैन । यसअघि दैलेखका एक युवाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको थियो । कर्णालीमा अहिलेसम्म ३८९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?