logo
२०८१ बैशाख १२ बुधवार



अछामका सङ्क्रमितकाे सम्पर्कका ३० जनामा कोरोना देखिएन

प्रदेश |


अछामका सङ्क्रमितकाे सम्पर्कका ३० जनामा कोरोना देखिएन


शिवराज ढुङ्गाना
अछाम, जेठ २२ गते । कोरोना सङ्क्रमितको सम्पर्कमाआएका अछामका ३० जनामा सङ्क्रमण नभएको नतिजा आएको छ । कोरोना सङ्क्रमणकाे आशङ्कामा थ्रोट स्वाब सङ्कलन गरी धनगढी पठाइएकोमा पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

कोरोना सङ्क्रमित एम्बुलेन्स चालकको सम्पर्कमा आएका अछाम अस्पतालका स्वास्थ्यकर्मी र केही प्रहरी गरेर २६ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण भएका व्यक्तिसँगै आएका साँफेबगर नगरपालिकाका चार जनामा समेत कोरोना सङ्क्रमण पुष्टि नभएको रिपोर्ट आएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएका र शङ्कास्पद गरेर अछामबाट दुई सयभन्दा बढी स्वाब धनगढी पठाइएको छ ।

अछामका हाल मेल्लेख गाउँपालिकाका आठ जना, चौरपाटी गाउँपालिकाका एक र मङ्गलसेन नगरपालिकाका एक जनाको अछाम अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको छ । अछाममा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या हालसम्म १३ जना पुगेको छ । जसमा ११ जना अछाममै र दुई जना भारतबाट फर्किँदरैगर्दा धनगढीमा परीक्षणका क्रममा पोजिटिभ देखिएको हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?