logo
२०८१ बैशाख १२ बुधवार



सङ्क्रमण बढेपछि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी

प्रदेश |


सङ्क्रमण बढेपछि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी


नेत्र शाही ।
खलङ्गा जेठ २१ ग्ते । लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीन दिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले तीन दिन निशेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले बुधबार बिहान ९.०० बजेदेखि २३ गते बेलकी १२ बजेसम्म निशेषज्ञा जारी गरेको छ ।
यसैगरी, भारतबाट आउने मानिसहरू अत्यधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उल्लङ्घन भएका कारण जोखिम रोक्न सुरक्षा समिति यस्ताे निर्णयमा पुगेको थियो । पछिल्लो समयमा आमनागरिक र सरोकारवालाहरूको पनि लकडाउनको पालना नभएको र सुरक्षा परिचालन कमजोर भएको गुनासो आउने गरेको थियो ।

पछिल्लो समय भारतबाट आउनेको सङ्ख्या बढिरहेको समयमा सबैले आआफ्नो घरमा लकडाउनमा बस्न जरुरी रहेको छ । भारतबाट आउने व्यक्तिहरूको पीसीआर नतिजा धमाधम पोजिटिभ देखिएपछि त्रास फैलिएको छ । जुम्लामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?