logo
२०८१ बैशाख ८ शनिवार



कर्णाली प्रदेशमा थप ५९ जनामा सङ्क्रमण, कुल सङ्क्रमित १०५

प्रदेश |


कर्णाली प्रदेशमा थप ५९ जनामा सङ्क्रमण, कुल सङ्क्रमित १०५


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १८ गते । कर्णाली प्रदेशमा शानिबार रातिसम्ममा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कुल सङ्क्रमित सङ्ख्या १०५ पुगेको छ । 
कर्णली प्रदेशको समाजिक विकास मन्त्रालयले शानिबार राति जारी गरेको प्रेस विज्ञप्तिमा दैलेखमा १५ जना जना, कालिकोटमा १७ जना, सल्यानमा २५ जना तथा बाजुरा र सुर्खेतमा एक/एक जना गरी थप दुई जना सङ्क्रमित फेला परेका थिए । 
यसैबीच हाम्रा सल्या समाचारदाता प्रतीक इच्छुक शर्माका अनुसार सल्यानमा २५ जनामा कोरोना पोजिटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा भएको पिसिआर परीक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजिटिभ देखिएको प्रयोगशालाले शनिबार राति जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

कोरोना सङ्क्रमितमध्ये वनगाड कुपिण्डे - १ का १९, २०, ४० र ६० वर्षका गरी चार जना, वडा नम्बर २ का १९ वर्षीय एक जना, वडा नम्बर ३ का १७, २७, २७ र ३८ वर्षीय गरी चार जना, वडा नम्बर ४ का १८, ३३ र ४४ वर्षका गरी चार जना, वडा नम्बर ६ का ११, १६, १८, १९, २०, ३१, २१, २१, २५, २८, ३० र ३६ गरी १३ जना र वडा नम्बर ७ का ३८ वर्षीय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उनीहरू सबै पुरूष हुन् भने सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरू सबै भारतबाट आएका हुन् । भारतबाट आएका वनगाड क्याम्पसका र प्रभाकर मावि, देवस्थलको क्वारेन्टाइनमा रहेकामध्ये ३९३ जनाको पिसिआर जाँचको लागि स्वाब सङ्कलन गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितहरूलाई जिल्ला अस्पताल, सल्यान र सुर्खेतस्थित आइसाेलेसनमा राख्ने तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भारतबाट आएका छ सय जनाको स्वाब सङ्कलन गरिएको र ८० जनाको मात्र नतिजा आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?