logo
२०८१ बैशाख ८ शनिवार



दुई सातामा सुदूरपश्चिमका विभिन्न नाकाबाट ४० हजार नेपाली भित्रिए

प्रदेश |


दुई सातामा सुदूरपश्चिमका विभिन्न नाकाबाट ४० हजार नेपाली भित्रिए


चाँदनी आचार्य
लम्की जेठ १५ गते । सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै जारी छ । बिहीबार बैतडीको झुलाघाट नाकाबाट समेत नेपाली भित्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार जेठ २ गतेदेखि अहिलेसम्म गौरीफन्टा नाकाबाट २८ हजार ८७९ जना भित्रिएका छन् । जसमा जेठ २ मा ३८३ जना, ३ गते ४०३, जेठ ७ गते ८३४, ८ गते दुई हजार ४९८, जेठ ९ गते दुइ हजार ११, १० गते एक हजार ९५९, ११ गते तीन हजार ९६४, १२ गते दुई हजार २२७, १३ गते पाँच हजार २४२, १४ गते चार हजार ७९४ र १५ गते चार हजार ५६४ जना रहेका छन् ।
त्यसै गरी, कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबारसम्म आठ हजार नेपाली गड्डाचौकी नाकाबाट भित्रिएको बताउँदै बिहीबार दुई हजार ४०५ नेपाली उक्त नाकाबाट भित्रिएको जनाइएको छ । त्यस्तै, बैतडीको झुलाघाट नाकाबाट ५७६ जना नेपाली भित्रिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका ले जनाएको छ ।
भारतमा अलपत्र परेका हजारौँ नेपालीलाई ल्याउन नेपाल भारत सीमा नाका खुल्ला गरिएसँगै उनीहरूको आउने क्रम बढ्दै गइरहेको छ । सीमा क्षेत्र तथा भारतको विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई भित्र्याउने कार्य भइहेको छ ।
जेठ २ गतेदेखि नेपाल भित्रिनेहरूको विवरण दैनिक सीमामा खटिएका सुरक्षाकर्मीले राखी सम्बन्धित जिल्लामा पठाउने कार्य गरिएको छ । सीमा खुल्ला गरिएपछि पछिल्लो पटक सुदूरपश्चिमका नाै जिल्लालगायत अन्य जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाले आफैँ सवारीसाधन पठाएर लगिरहेका छन् । भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले दैनिक गौरीफन्टा नाकाबाट आफ्नो पालिकाका बासिन्दालाई ल्याएर सम्बन्धित वडाको क्वारेन्टाइनमा राख्नेगरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?