logo
२०८१ बैशाख १२ बुधवार



गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिए

प्रदेश |


गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिए


चाँदनी आचार्य
लम्की जेठ १४ गते । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ७९६ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लालगायत अन्य जिल्लाका नागरिक भित्रिएका छन् भने कञ्चनपुरको गड्डा चौकी नाकाबाट एक हजार ५८६ नेपाली नेपाल भित्रिएका हुन् ।

कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लागु गरेको लकडाउनसँगै सुदूरपश्चिमका यी दुई मुख्य नाकाबाहेक अन्य साना नाकाहरू आवतजावतका लागि गरिएको छ ।
कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतीवडाका अनुसार पछिल्लो समय गड्डाचौकी नाका भएर नेपाल भित्रिनेको सङ्ख्या बुधबारसहित करिब आठ हजार पुगेको बताउनुभयो ।

त्यसैगरी, गौरीफन्टा नाका भएर नेपाल भित्रिनेको सङ्ख्या करिब २४ हजार पुगेको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएको छ ।

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको लकडाउनका कारण भारतमा खान बस्नको समस्या भएपछि घर फर्कनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?