logo
२०८० चैत्र १६ शुक्रवार



प्रदेश ५ मा कोभिडकेन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक

प्रदेश |


प्रदेश ५ मा कोभिडकेन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक


दीपक ज्ञवाली
बुटवल, जेठ १० गते । कोरोना सङ्क्रमणको जोखिम उच्च भइरहेको बेला आगामी साउनसम्म कोभिड १९ लाई स्थिर बनाउँदै समृद्धिको यात्रालाई पुनः जोड्ने उद्घोषका साथ प्रदेश ५ मा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
शनिबार प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सुख र खुसी पुर्नस्थापित गर्न, समृद्धिको यात्रालाई पुनः जोड्न र गतिशील बनाउन र कोभिडविरुद्धको सङ्घर्षमा सबैको ध्यान केन्द्रित रहेको बताउनुभयो ।
आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कोभिड - १९ को महामारीका कारण उत्पन्न हुनसक्ने खाद्य सङ्कट आउन नदिने, रोजगारी गुमाउन पुगेकाहरूको जीविकोपार्जनको आधार तयार गर्ने तथा रोग नियन्त्रणसँगै अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यहरूमा केन्द्रित रहेको छ ।
समृद्ध प्रदेश, खुसी जनताको प्रदेश सरकारको दीर्घकालीन सोच र आकांक्षालाई यथार्थमा परिणत गर्ने मार्गदर्शक दस्तावेजका रुपमा परिभाषित गरिएको यो नीति तथा कार्यक्रममा साउनसम्ममा कोभिड सङ्क्रमणलाई स्थिर बनाउने, क्रमशः रोकथाम तथा नियन्त्रणमा सफलता हासिल गर्ने लक्ष्य राखिएको छ ।
नीति तथा कार्यक्रममा महामारीको असर न्यून भएसँगै प्रदेशको राजधानी र नाम तोक्ने काम प्रदेशसभाबाट सम्पन्न गरिने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?