logo
२०८० चैत्र १६ शुक्रवार



सञ्चारकर्मी र सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर वितरण

खुला |
समाज |


सञ्चारकर्मी र सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर वितरण
दोलखा सदरमुकाम चरिकोटमा आईतबार सञ्चारकर्मी र सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर बिरतण गरिँदै ।



कैलाश लामा
चरिकोट, दोलखा चैत १६ गते । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाले सञ्चारकर्मी र सुरक्षाकर्मीहरुलाई मास्क तथा सेनिटाइजर वितरण गरेका छन् ।
नेपाल पत्रकार महासंघको ६५ औं स्थापना दिवसको अवसरमा आईतवार महासंघले जिल्लाका सञ्चारकर्मीहरुलाई मास्क, सेनिटाईजर, पञ्जा बितरण गुर्नुका साथै सुरक्षाकर्मीहरुलाई मास्क, पञ्जा, फ्रुटी र पानी समेत वितरण गरेका हुन् ।
भाइरसका सम्भावित जोखिम स्वास्थ्यकर्मीसँगै विपद् व्यवस्थापनमा महत्पुर्ण भुमिका निर्वाह गर्ने सुरक्षाकर्मी र सञ्चारकर्मीलाई समेत हुने भएकाले उनिहरुको व्यक्तिगत सुरक्षाको लागि सुरक्षा सामाग्री वितरण गरिऐको महासंघका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले पत्रकार र सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गर्नुभएको थियो । सातदोबाटो चरिकोटमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौड्यल, तारा दल गणका गणपति निखिल कुँवर, दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन क्षेत्री लगाएको उपस्थित थियो ।
सामाग्रीहरु प्रेम पुर्णप्रताप फाउन्डेसन नेपाल, दोलखा सामुदायिक अस्पताल, प्राथमिक स्वस्थ केन्द्र चरिकोट, दोलखा चेम्बर खफ कमर्स र दोलखा उद्योग वाणिज्य संघका सदस्यहरु दिनेश बस्नेत र बलराम थापाबाट प्राप्त भएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?