logo
२०८१ बैशाख ८ शनिवार



चितवनमै कोरोना रिफरल सेन्टर

फिचर |


चितवनमै कोरोना रिफरल सेन्टर


बसन्त पराजुली 

भरतपुर चैत १२ गते । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधवार वसेको वैठकले कोरोना अस्पतालमा गंभिर अवस्थाका विरामी आए तिनलाई जिल्लाका अन्य दुई सरकारी अस्पताल र दुई मेडिकल कलेजलाई आईसियू रिफरल सेन्टरका रुपमा प्रयोगमा ल्याउनु पर्ने निश्कर्ष निकालेको छ ।

रिफरल सेन्टर अस्पताहरुलाई ‘क्रिटिकल कियर सेन्टर’ वनाइ विरामीको उपचार गर्नुपर्ने निष्कर्ष वैठकले गरेको हो । त्यसकालागि चितवन मेडिक कलेजका फिजिसियन प्रा.डा. सितल अधिकारीको संयोजकत्वमा विज्ञ प्राविधिक समिति पनि वैठकले वनाएको कार्यदलका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।

कोरोनाका संक्रमित विरामीको जटिल अवस्थामा पनि सहज उपचार गर्ने उदेश्यले कार्यदलले यो निश्कर्ष निकालेको हो । कार्यदल सदस्य एवं चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले जटिल अवस्थाका विरामीलाई उपचारका लागि सहज वनाउन पनि रिफरल सेन्टर वनाउनुपर्ने जरुरी रहेको वताउनुभयो ।

“कोरोना संक्रमितको सख्या एक्कासी वढ्यो भने विरामीले उपचार नपाउने अवस्था आउनु हुन्न भन्ने हाम्रो मान्यता हो”, डा. न्यौपानेले गोरखापत्रसग भन्नुभयो, “विरामी पहिला कोरोना विशेष अस्पतालमै आउने हो । त्यहाँको विरामीको चाँप हेरेर गंभिर अवस्थाका विरामीलाई भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियक क्यान्सर अस्पताल, चितवन मेडिक कलेज र कलेज अफ साईन्स शिक्षण अस्पतालका आईसियूमा पनि रिफर गरेर उपचार गर्न सक्ने ब्यवस्था मिलाउने निश्कर्ष वैठकले गर्यो ।”

यसका लागि भरतपुर अस्पतालाई कोरोना रिफरल सेन्टरको पहिलो अस्पताल वनाउनका लागि विभागिय अनुमति लिन समन्वय गर्न अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीलाई वैठकले जिम्मेवारी दिएको प्रवक्ता अधिकारीले वताउनुभयो ।

चितवनमा कोरोना विशेष अस्पतालमा १० आईसियू छ । यसले मात्रै कोरोनाको संक्रमणमा उपचार सम्भव नहुने निश्कर्ष कार्यदलको हो । भरतपुर अस्पतालमा २०, वीपी कोइराला मेमोरियक क्यान्सर अस्पतालमा २०, चितवन मेडिकल कलेजमा १५० र कलेज अफ साईन्स शिक्षण अस्पतालमा ७० वटा आईसियू रहेका छन् ।

यस्तै कार्यदलले सय भन्दा वढी वेड सञ्चालन गर्ने सरकारी तथा निजी अस्पतालहरुले आफ्नो अस्पतालमा ज्वरोको उपचार गर्ने कक्ष राख्नु पर्ने र सामान्य ज्वरो वा अन्य भाइरलहरुका लक्षण भएकालाई त्यहि उपचार गर्नुपर्ने र कोरोनाको संक्रमण मिल्ने खालका विरामीहरुलाई मात्रै कोरोना विशेष अस्पतालमा रिफर गर्र्नुपर्ने निर्णय गरेको छ ।
स्वास्थ्यकर्मीलाई माक्स र कपडा प्रयाप्त
कोरोना संक्रमितका लागि उपचारमा संलग्न चिकित्सक तथा स्वस्थ्यकर्मीका लागि आवश्यक एप्रोन, उच्च स्तरका र सर्जिकल मास्क, ग्लोवस्, चश्मा जस्ता वस्तुहरु चितवनमा आवश्यकता अनुसार रहेको वताइन्छ ।

“विश्व स्वास्थ्य संगठनले नै निर्धारण गरेका मापदण्ड पुग्ने एप्रोन, माक्स, ग्लोवस्, चश्मा जस्ता वस्तुहरु आवश्यकता अनुसार छन्”, डा. न्यौपानेले भन्नुभयो, “अहिले हामी सवैको दायित्व चिकित्सकहरुको मनोवल वढाउने हो । सवै यसैमा लाग्नुपर्छ ।”

स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने
कोरोना विशेष अस्पतालमा उपचार गराउने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घर धनिले अभद्र ब्यवहार गरे प्रति वैठकको ध्यानाकर्षण भएको छ । चिकित्सक र स्वास्थ्य कर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गर्न वैठकले स्थानिय प्रशासनलाई निर्देशन दिएको छ ।

घरमा भाडामा बस्ने अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीहरुलाई केही घरवेटीले अभद्र व्यवहार गर्दै घर छाड्न दवाव दिएको गुनासो आएको थियो ।
कार्यदलका प्रबक्ता डा. भोजराज अधिकारीका अनुसार कुनै पनि घर धनिवाट चिकित्सक तथा स्वास्थ्यकर्मी माथि अभद्र ब्यवहार भएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

कोरोना उपचारमा प्रत्यक्ष रुपमा सम्लङ्न भई क्वारेन्टाईनमा बस्नु पर्ने चिकित्सक तथा स्वास्थ्य कर्मीका लागि चितवनका केही होटलहरुले क्वारेनटाइनमा राख्न आफ्ना कोठा दिने वताइएको छ । नेपाल होटल ब्यवसायी महासंघ का केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले भरतपुर र रत्ननगरका १० वटा होटलहरुले चिकित्सकका लागि क्वारेनटाइन राख्न आफ्ना कोठा उपलब्ध गराउने जानकारी दिनुभयो ।

एम्वुलेन्स सेवा प्रभावकारी वनाइने

चितवनमा रहेका एम्वुलेन्सहरुले बिशेष परिस्थितिमा उच्च सतर्कताका साथ सेवा दिने निर्णय गरेको छ । नेपाल रेडक्रश सोसाईटी चितवन र मातहतका कार्यालयवाट सञचालनमा रहेका एम्बुलेन्सका चालकहरुको वुधवार भरतपुरमा सम्पन्न वैठकले एम्वुलेन्स सेवालाई प्रभावकारी वनाउने निर्णय गरेको हो । “उच्च सर्तकताका साथ एम्वुलेन्स सेवालाई निरन्तरता राख्ने निर्णय भएको छ”, वैठक पछि एक चालकले भन्नुभयो ।
यस्तै कोरोना विशेष अस्पतालमा पनि दुईवटा एम्वुलेन्स तयारी अवस्थामा राख्ने र त्यसको जिम्मेवारी एम्बुलेन्स चालक संघका राष्ट्रिय अध्यक्ष नवराज लामिछानेलाई दिने निर्णय पनि वैठकले गरेको छ । यसरी राखिने एम्वुलेन्सलाई कोरोना संक्रमण नफैलियोस भन्नका लागि स्प्रे गर्ने, सरसफाई गर्ने जिम्मा पनि स्वयम् एवुलेन्स चालकलाई दिएको छ ।




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?