logo
२०८० चैत्र १६ शुक्रवार



हजारबाट सुरु भएको सहकारी अर्बमा

अर्थ |


हजारबाट सुरु भएको सहकारी अर्बमा


मधुसुधन तिमल्सिना
काभे्र, माघ १५ गते । दुई दशक अगाडि साहुले दिएको ऋण ब्याज तिर्न नसकेपछि सानो पुँजीमा खुलेका सहकारीहरु विस्तारै अर्ब बराबरको कारोवार गर्न थालेका छन । सहकारीका नाममा विकृति बढी रहँदा काभे्र जिल्लामा सञ्चालित सहकारीहरु भने उत्कृष्ट बन्दै गएका छन ।
यसैक्रममा २०५१ साल माघ १४ गते टौखाल गाविस वडा न १ मा खुलेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले अहिले करिब दुई अर्ब बराबरको कारोवार गर्न सफल भएको छ । अत्याधिक व्याज तिर्न नसकेपछि यस भेगका ४१ जना सदस्यले ३२ हजार पाँच सय रुयिपाँ बचत गरेर सहकारी खोलेका थिए ।

सानो सानो बचतबाट सुरु भएको उक्त सहकारीले १८ प्रतिशत बोनस समेत शेयर सदस्यलाई दिन सुरु गरेको साकोसले जनाएको छ । साकोसका अध्यक्ष प्रकाश बन्जाराले हजारबाट सुरु भएको सहकारी विस्तारै दुई अर्ब बराबर कारोवार गर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार उत्कृष्ट सहकारी रहेको भन्दै राष्ट्रिय सहकारी संघले २०६५ सालमा सहकारी व्यवसायीबाट पुरस्कृत गरेको थियो । त्यस्तै २०६८ सालमा नेफ्स्कुन पनि उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत गरेको थियो । २०७३ सालमा राष्ट्रिय सहकारी बैङकले तत्कालिन प्रदेश न ३ कै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरेको थियो । उत्कृष्ट साकोस तथा उत्कृष्ट व्यवस्थापन गरेको भन्दै नेफ्स्कुनले २०६८ र २०७५ सालमा पुरस्कृत गरेको थियो ।

उक्त सहकारीमा अहिले २४ हजार २०४ जना शेयर सदस्य रहेको कोषाध्यक्ष प्रताप ताम्राकारले जानकारी दिनुभयो । उक्त सहकारीले शेयर सदस्य लक्षित जन्मेदेखी मृत्यु सम्मका योजना समेत अगाडि सारेको कोषाध्यक्ष ताम्राकारले जानकारी दिनुभयो । स्वास्थ्य उपचार बचत, स्वास्थ्य उपचारका लागि शुन्य ब्याज दरमा सिमित ऋण सुविधा, सदस्यको मृत्यु भएमा समवेदना राहत, दैवी प्रकोप राहत, सदस्यको बच्चा जन्मिदा खुत्रुके र फोटो उपहार, सदस्यको इच्छा अनुसार जीवन तथा निर्जिवन बीमा लगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । केन्द्रीय कार्यालय पनौती नगरपालिका टौखालमा रहेको उक्त सहकारीले नौ वटा काउन्टर मार्फत सेवा विस्तार गर्दै समेत गएको छ ।

साकोसका कार्यकारी अधिकृत मदन बस्नेतले मृत्यु पछिको समवेदना राहत अहिले सम्म दुई हजार ८० जनालाई २० लाख रुपियाँ वितरण गरेको बताउनुभयो । उहाँले समवेदन राहतलाई १० हजारबाट बृद्धि गरेर २५ हजार पु¥याएको जानकारी दिनुभयो । संस्थाले सदस्यको मृत्यु भएमा २५ हजार र दुर्घटनामा मृत्यु भएमा ५० हजार दिने निर्णय गरेको थियो । त्यस्तै शेयर सदस्यको एकाघरका आफन्तको मृत्यु भएमा समेत पाँच हजार देखी १० हजार सम्म दिदैँ आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?