logo
२०८१ बैशाख ८ शनिवार



एकीकरण मार्गलाई पैदल मार्ग बनाइदै

प्रदेश |


एकीकरण मार्गलाई पैदल मार्ग बनाइदै


कोकिला भण्डारी
धनकुटा, पुष २९ गते । किरात कालमा लिम्बुवान क्षेत्र दश भागमा बिभाजित गरि प्रत्येक ठाउँमा प्रत्येक राजाले आफ्नो गढी बनाएका थिए । हालसम्म कुनै पनि लडाई बिना नै सोईला कलाहो हांगले शासन गरे र बनाएको सागोरियोकमा गढी अथवा शानगढीलाई नै हाल धनकुटा जिल्लाको साँगुरीगढी भनेर चिनिएको छ ।

यस गढीमा राजा बस्दैनथे तर अपराधीलाई सजाय दिन कारागारको रुपमा प्रयोग गर्दथे । भोजपुर, संखुवासभा, तेह्रथुमका स्थानीयबासीहरुले र नेपाल भारत साथै भारत चिन बिचको दोहोरो व्यापारको निरन्तर नियन्त्रण र निगरानी गरि आपराधिक व्यक्तिहरुलाई नियन्त्रण लिएर राख्ने गरिएको थियो ।
नेपाली सेनाको दुई नम्वर बाहिनी अन्र्तगत बरखगण सल्लेरी धनकुटाको आयोजनमा नेपाल भ्रमण बर्ष सन् २०२० लाई मध्यनजर गर्दै सफल पार्न नेपाल एकीकरणको समयमा पहिलो राजा पृथ्वीनारायण शाहको पालामा सेनाहरुले हिडेको बाटो यकीन गरी विगतमा हिडिएका धरान देखि फुस्रे हुदै चैनपुर सम्मका ऐतिहासिक तीनवटा एकीकरण मार्गहरू पहिचान पश्चात उक्त मार्गलाई पैदल मार्गका रुपमा रुपान्तरण गर्ने र पैदल मार्गको संरक्षण र संबद्र्धन गर्ने उद्धेश्य अनुरुप हाल गढी देखि फेदीसम्मको मार्गलाई सरोकारवालाहरुको टोलीले पैदल यात्रा गरिएको नम्वर २ वाहिनी हिले व्यारेक धनकुटा अड्डाका बाहिनीपती सहायक रथी यम प्रकाश ढकालले बताउनुभयो ।

उहाँका अनुसार पृथ्वी नारायण शाहका पालामा हिडेको बाटो एकीकरण पद मार्गको संरक्षण समृद्ध धनकुटाको लागि पर्यटन भन्ने मुल नाराका साथ गढी तथा पैदल मार्गको प्रर्वद्धन गरि कोशेढुङ्गाका रुपमा निर्माणका साथै नयाँ पुस्तालाई पृथ्वीनारायण शाहले गरेका कामहरुका विषयमा अवगत गराउने र नागरिक सेना सम्बन्ध के कसरी रहेको छ भन्ने अवगत गराउने उद्धेश्यले पैदलमार्ग भ्रमण तय गरिएको हो ।त्यस्ता मार्गहरूको संरक्षण र सम्बद्र्धन गर्दै एक दिनका लागि धनकुटा आएका पर्यटकहरुलाई हप्ता दिनसम्म धनकुटामा राख्न र ईतिहासलाई जोगाउन यस पदमार्गको माध्यमबाट शहज हुने भएकाले यात्रा तय गरिएको बरखगण सल्लेरी व्यारेक धनकुटाले जनाएको छ ।
जसमा फुसे्रदेखि साँगुरीगढी सात किलोमिटर, टेकुनाला देखि फेदी सम्म नौ किलो मिटर, साँगुरीगढी देखि फेदीसम्म ६ किलोमिटर मार्गलाई पैदलमार्गका रुपमा परिणत गर्ने उद्धेश्य मरमत संभारको अभावमा उक्त गढिको स्वरुप विग्रदै गएको छ । गढीमा प्रबेशद्धार, खस्रो सिमेन्ट प्रयोग गरी करिव ३०० मिटरको सिडिहरु र फलामको रेलिङ्ग, सेड घर, दुईवटा फलामको बस्ने कुर्सिलगायतको भौतिक संरचना समेत निर्माण गरिएको छ । यस स्थानबाट धरान, तराईका रमाईला फाँटहरु र सप्तकोसि नदिको दृष्ष्यावलोकन गर्न सकिन्छ ।

सेन राजाले दिएको अधिकार गोर्खाली राजाले लिम्बु भारदारलाई दिने र गोर्खाली राजाको एकीकरण मान्नुपर्ने भनि १८३१ श्रावण २२ गते सम्झौता भएपछि पल्लो किरांतको लिम्बुवान क्षेत्र विशाल नेपालमा एकीकृत गर्ने समयमा यही मार्ग प्रयोग गरेको स्थानीयबासी जनार्दने घिमिरे बताउनुहुन्छ ।
सो समयमा मुख्य नाकाका रुपमा धरान स्थित फुस्रे देखि खनिया बासी, साँगुरीगढी हुदै गोलखाँडी, आसकोट हुकाबास, बेलाराबेसी, बेलाहारा, उत्तरपानी, पाख्रिबास, अधेरीखेला, पाटीगााउ, अर्खौले जितपुर, नागेश्वर झारेसाँघु लेगुवाघाटसम्म यहि मार्ग भएर पुग्ने गरेका थिए ।

पृथ्वीनारायण शाह हिडेको पुरानो बाटो हिडेर सेनाले बाटोलाई संरक्षण गर्ने र आकर्षक बाटो निर्माण गरि पर्यापर्यटनमा जोड दिदै धनकुटाको आर्थिक संमृद्दि गर्ने र अत्याधिक मात्रामा पर्यटक भित्राउने अभियान अनुरूप पदमार्ग संरक्षण गर्न लागिएकोले धनकुटाको प्रचार प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्दन गर्ने उद्देश्य अनुरुप पदमार्गको संरक्षण गर्न लागिएको बरखगण सल्लेरी व्यारेक धनकुटाका प्रमुख सेनानी भगवान थापा मगरको भनाई रहेको छ । पाँच दिन लगाएर नेपालि सेनाको ३५ जनाको टोलीले उक्त मार्गमा सरसफाई गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?