logo
२०८१ बैशाख १३ बिहीवार



पर्साको ठोरीमा हात्ती तथा जिप सफारी महोत्सव सुरू

प्रदेश |
पर्यटन |


पर्साको ठोरीमा हात्ती तथा जिप सफारी महोत्सव सुरू


वीरगञ्ज , पुस २६ गते ।
पर्सा जिल्लाको ठोरी गाँऊ पालिकामा पहिलो ठोरी हात्ती तथा जिप सफारी महोत्सव सुरु भएको छ । “सुशासन युक्त सक्षम एवं सबल स्थानीय सरकार पुर्वाधार ,निर्माण ,कृषि ,पर्यटन र सशक्तीकरण ठोरीको प्रमुख आधार” भन्ने मुल नाराको साथमा शुक्रबारदेखि महोत्सव सुरु भएको हो ।
ठोरी गाउँपालिकाको वडा नम्बर ५ सुवर्णपुरको गढुवालाईनमा पुस २५ गते देखि पुस २९ सम्म चल्नेछ । हात्ती तथा जिप सफारी मार्फत पर्सा राष्ट्रिय निकुञ्जभित्रका विभिन्न स्थानमा अवलोकन गराइने ठोरी गाउँपालिकाका अध्यक्ष पद्मलाल श्रेष्ठले बताउनु भयो । पाँच दिनसम्म चल्ने महोत्सवमा ख्याति प्राप्त पहलवानहरुद्वारा कुस्ती प्रतियोगिता, राष्ट्रिय स्तरमै ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति , बिबिध साँस्कृतिक कार्यक्रम सन्चालन हुनेछ ।
महोत्सवको पुर्व मन्त्री एवम् नेकपा प्रदेश २ का सह ईन्चार्ज नागेन्द्र चौधरीले उदघाटन गर्नुभयो । उहाँले महोत्सवले ठोरी गाउँपालिकाको पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने बताउनु भयो ।
पूर्व मन्त्री चौधरीले पर्सा राष्ट्रिय निकुञ्ज भित्रका पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने र गाउँपालिकाले अभियान सुरुवात गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ठोरी लाई पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?