logo
२०८१ बैशाख ६ बिहीवार



रौतहटमा ट्याक्टरको ठक्करबाट तीन जनाको मृत्यु

प्रदेश |


रौतहटमा ट्याक्टरको ठक्करबाट तीन जनाको मृत्यु


कृष्ण तिवारी
रौतहटमा, पुस २५ गते । पछिलो समय रौतहट जिल्लामा सवारी दुर्घटना बढ्न थालेको छ । सवारी साधन चलाउदा ट्राफिक नियम पाल्न नगर्ने र विशेष सावधानी नअपनाउँदा सवारी दुर्घटनामा वृद्धि भएको देखिएको छ । जिल्लाका विभिन्न स्थानमा ट्याक्टरको ठक्कर बाट तिनजनाको मृत्यु भएको हो ।
गौर चन्द्रपुर सडकखण्डको शुकदेवचोकमा ना ५ त ९२६७ नम्बरको ट्याक्टरले ना ४८ प ५७६ नम्बरको मोटरसाईकललाई हिजो बिहिवार राती ठक्कर दिंदा मोटरसाईकलमा पछाडी बसेका माधवनारायण नगरपालिका ६ माधोपुरका ४५ बर्षिय रामअधार ठाकुरको मृत्यु भएको हो । ठक्कर बाट गम्भिर घाईते सोही ठाँउका मोटरसाईकल चालक बर्ष २२ को सुसिल ठाकुरको बिरगंज स्थित तराई अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो ।
ठक्कर दिने टयाक्टर चालक सन्तोष साहलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी गएराती बृन्दाबन नगरपालिका ७ धमौरा स्थित गौर चपुर सडकखण्डमा आलु लोडगरी हर्षाहा तर्फ गईरहेको ना ७ च ६१६९ नम्बरको ट्याक्टरले पैदलयात्रु देवाही गोनाही नगरपालिका ४ का बर्ष ३५ की मिरादेवीलाई ठक्कर दिँदा उनको उपचारको क्रममा बिरगंज स्थित सिटि अस्पतालमा मृत्यु भएको गरुडाका प्रहरी नायब उपरीक्षक महतोले बताउनुभयो ।

ठक्कर दिने टयाक्ट्र चालक बारा जिल्लाको पचरौता नगरपालिका ४ का २८ वर्षिय गुडु यादवलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कटहरिया नगरपालिका ९ डुमरिया स्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डसट्जिमा उँखुलिएर गएको ना १ त ४१४० नम्बरको ट्याक्टरले गएराती किचेर अन्दाजी ३५ बर्षिय एकजना पहिचान खुल्न नसकेको पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त ट्याक्टरका चालक भने फरार रहेको तथा घटनाबारे छानबिन भईरहेको प्रहरीले जनाएको छ । केहीसमय देखी अधिकांश ट्याक्टर तिव्र गतीमा चलाउने र उखु ढुवानीको सिजनमा अधिकांस चालक सिकारुहुने भएकाले जिल्लामा दुर्घटनामा बृद्धी भएको प्रहरीको अनुमान गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?