logo
२०८० चैत्र १६ शुक्रवार



सिरियाको इद्लिबमा हवाई आक्रमण आठ मृत्यु   

अन्तर्राष्ट्रिय |


सिरियाको इद्लिबमा हवाई आक्रमण आठ मृत्यु   


 
बेरुत, सिरिया, पुस ८ गते । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाइ आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन् । ती मध्ये पाँच बालबालिका रहेका मानवअधिकारवादी समूहले जनाएको छ ।    
    
यस हवाई आक्रमण परी पाँच बालबालिका र अन्य तीन मारिएका ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले मङ्गलबार जानकारी दिएको छ ।    
    
सिरियाली सरकारको सहयोगका रुपमा रुसले विद्रोहीलाई लक्ष्यगरी सिरियाको विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ ।    
    
सिरियामा सन् २०११ को मार्च महिनामा यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलनमा शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।    
सन् २०११ देखि हालसम्म जारी यस आन्दोलनमा तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लाखौ घाइते भएका छन् । दशौ लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?