logo
२०८० चैत्र १६ शुक्रवार



सल्यानका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिंदै

प्रदेश |


सल्यानका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिंदै
विपद पूर्व तयारीका लागि स्थानीय तहमा हेलिप्याड निर्माण कार्य सुरु । विपद पूर्वप्रतिकार्य तयारीका लागि वनगाड कुपिण्डे नगरपालिका १ सल्लीवजारमा हेलिप्याड निर्माण ।



प्रतीक इच्छुक शर्मा
सल्यान, पुस ७ गते । विपद पूर्व तयारीका लागि स्थानीय तहमा हेलिप्याड निर्माण कार्य सुरु भएको छ । विपद पूर्व प्रतिकार्य तयारीका लागि हेलिप्याड निर्माण गरिएको छ । सात गाउँपालिकामा एकवटा दरले र तीन नगरपालिकामा दुईवटाका दरले १३ वटा हेलिप्याड निर्माण कार्य थालनी गरिएको छ । नेपाली सेना सवुझ गणले स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड निर्माण गर्न थालेको सवुझ गणका गणपति प्रमुख सेनानी घनश्याम भट्टराईले जानकारी दिनुभयो । स्थानीय तहले प्रदान गरिने समानलाई प्रयोग गर्दै नेपाली सेनाले बनाउनेछ ।
यसैबीच, वनगाड कुपिण्डे नगरपालिका सल्लीबजार–१ मा हेलिप्याड निर्माण भइसकेको छ । शारदा नगरपालिकाको खैराबाङ, शिद्धकुमाखमा पक्की हेलिप्याड सम्पन्न हुने चरणमा रहेका छन् । प्रमुख सेनानी घनश्याम भट्टराईका अनुसार सबै ठाउँमा अस्थायी हेलिप्याडको लागि ठाउँ छनौट भैसकेका छन् ।
सरकारले दुर्गम क्षेत्रका गर्भवति, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरू गरेपछि हेलिप्याड बनाउन थालिएको हो ।
आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि एलिभेटेड हेलिप्याड निर्माण गरिएको हो । करिब ५ लाख रुपियाँ बरावरमा हेलिप्याड तयार हुनेछन् ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ मा हेलिप्याड निर्माण गरिएको हो । सवुज गण सिमखर्क, सल्लिवेश क्याम्पको श्रमदान र बनगाड कुपिण्डे नगरपालिकाको करिब १० लाख रुपैँयामा निर्माण भएको नगर प्रमुख गोविन्दकुमार पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरमा छिट्टै अर्को पनि निर्माण गर्ने तयारी गरेको छ । नगरमा निर्माण गरिएको हेलिप्याड ठूलो साईजको भएकाले रकम पनि धेरै खर्च भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?