logo
२०८१ बैशाख १२ बुधवार



२० किलो अवैध लागूऔषध चरेस बरामद

प्रदेश |


२० किलो अवैध लागूऔषध चरेस बरामद



दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस ७ गते । पर्साको सशस्त्र प्रहरी बल वोर्डर आउटपोष्ट भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको गस्तीले २१ वटा पोकामा रहेको २० किलो ८ सय ६० ग्राम अवैध लागूऔषध चरेस बरामद गरेको छ ।
जिल्लाको धोबिनी गाँऊ पालिका वडानम्बर ५ ओरिया खोला नजिकबाट सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटेको टोलीले उक्त लागूऔषध चरेस बरामद गरेको हो ।
नेपालबाट भारततर्फ अवैधरुपमा लार्दै गरेका तस्करहरुले गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीलाई देखे पछि चरेस फालेर भागेको सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीले बताउनुभयो ।
विहान सवा ४ बजेतिरको समयमा बाक्लो हुस्सु रहेकाले गस्तीमा रहेको सशस्त्र प्रहरीले लागूऔषध चरेस बोकेर हिंडिरहेका दुईजना तस्करहरुलाई समात्न नसकेको उहाँले बताउनुभयो । तस्करहरुले फालेर भागेपछि बरामद भएको उक्त परिमाणको लागूऔषध चरेसलाई ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?