logo
२०८१ बैशाख ११ मंगलवार



भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

प्रदेश |


भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते



शैलेन्द्र रोकाया
बझाङ, पुस ७ गते । जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा एक महिला भालुको आक्रमणबाट घाइते भएकी छन् । सोमबार दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइराली खेतमा ४० वर्षकी सितादेवी रोकायालाई घाँस काट्ने क्रममा भालुको आक्रमणबाट गम्भिर घाइते बन्नुभएको छ ।
उहाँको बझाङ जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरिएको सजिलला अस्पताल बझाङका डाक्टर मिलन खड्काले बताउनुभयो । घाइते रोकायाको टाउकोको छालासहितको भित्री भाग निक्लिएकाले उहाँको अवस्था गम्भीर भएकाले जिलला अस्पतालमा सामान्य उपचार पछि रेफर गरिको उहाँको भनाइ छ ।
भालुलाई नियन्त्रणमा लिन प्रयास गरिए पनि सफल हुन सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जिल्ला डिभिजन वन कार्यालय र गृहमन्त्रालयसँग कुरा भइरहेकाले वनतर्फ धपाउने वा गोली हानेर मार्ने कुरा यकिन भई नसकेको बताउनुभयो । भालु नियन्त्रणमा लिन जनशक्ति र स्रोत साधन नहुँदा समस्या भएको समेत उहाँको भनाइ छ ।
एउटा माउ भालु र दुईवटा बच्चासहित तीनवटा भालु विगत एकहप्तादेखि जयपृथ्वी नगरपालिकाका विभिन्न गाउँ पसेर आतङ्क मच्चाइरहेका छन् ।
यी तीनवटै भालुले गोठभित्रै पसेरै विभिन्न गाउँबाट गरी तीन गोरु लगेर मारिदिएका छन् । भालुलाई नियन्त्रण लिन सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीसहित नेपाल प्रहरी, वन डिभिजन कार्यालय, सशस्त्र प्रहरी, स्थानीय टोली नियन्त्रणका लागि खटिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?