logo
२०८१ बैशाख ८ शनिवार



मैथली तथा विद्यापति महोत्सव उद्घाटन

प्रदेश |


मैथली तथा विद्यापति महोत्सव उद्घाटन


जयकृष्ण यादव
इनरुवा, मंसिर २१ गते । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आधुनिकता र विज्ञान प्रविधिका कारणले नेपाली संस्कृति, संस्कार र पहिरणको संरक्षणमा चुनौैैैती देखिएको बताउनुभएको छ ।
सुनसरीको इनरुवामा सनिबार दिउँसो सामाजिक विकास मन्त्री जीवन घिमिरेले मैथली तथा विद्यापती महोत्सवको उद्घाटन गर्नुहुदै सो कुरा बताउनुभएको हो । वहाँले प्रदेश एकको मैथिली भाषाको संरक्षणमा सबै खालको सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । वहाँले प्रदेश सरकारले मैथिली समुदायको हित अनि प्रदेशमा विविधतामा एकताको सन्देश दिने अभियानमा सदैव काम गर्ने बताउनुभयो । वहाँले एक नम्बर प्रदेशमा १०० जाति, १०६ भाषा रहेकाले सबैको हितमा प्रदेश सरकारले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । वहाँले अहिलेसम्ममा समाजमा कुनै खालका विभेद नभई सम्मान गर्ने संस्कार भएकोले नेपाली समाज विश्वमा उत्कृष्ट समुदायको रुपमा रहेको बताउनुभयो ।
उहाँले अहिले बैज्ञानिक र प्रविधि युगकोनाममा महिलाले लगाउने सारीचोलो र पुरुषले लगाउने धोती,कुर्ता र गम्छा हराउँदै गएकोले त्यसको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री घिमिरेले विश्वमा विज्ञान प्रविधि र आधुनिकताले नेपाली तथा मैथीली संस्कृति, संस्कार र पोसाक तथा पहिरणको संरक्षणमा चुनौैैैति रहेकोले त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
अहिले सबैतिर अग्रेंजी भाषाको होड चलेको कारणले नेपाली भाषा समेत संकटमा पर्न थालेको र १५ वर्षमा नेपाली भाषासगै अन्य मातृभाषा समेत संकटमा पर्ने चिन्ता व्यक्त गर्नुभयो ।
वहाँले नेपाली भाषा र मैथिली भाषा बोल्नेहरु घटिरहेको र नयाँ पुस्ताले यसमा ध्यान नदिएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । मातृभाषामा पढ्न पाठन गर्ने वतावरण मिलाउन प्रदेश सरकार लागेको र भाषालाई रोजगारसंग जोड्नुपर्ने बताउनुभएको छ ।
उता मैथली समुदायका अगुवाहरुले मैथिली भाषामा विद्यालयमा पठनपाठन गर्नुपर्ने र कार्यालयमा सम्पर्क भाषाको रुपमा मैथिली भाषा लागू गर्नुपर्ने माग गरेका छन् । कार्यक्रममा सम्बोधन गर्नुहुदै घिमिरेले प्रदेशका सबैभाषालाई संरक्षण गर्न सरकार लागीपरेको र सामाजले पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
त्यसैगरी प्रदेशका उधोग, पर्यटन, वन तथा वतावरण मन्त्री जगदीश प्रसाद कुसियैतले अहिले तीन तहको सरकारले देशको हित, विकास र समृद्धिको लागि काम गरीरहेको बताउनुभयो ।
जनताको हितमा संविधान भएकाले जनताको हितमा सरकारले काम गरिरहेकोे र सबै भाषा, संस्कृति र संस्कारको पक्षमा लागिपरेको बताउनुभयो । वहाँले भाषा र कलासंस्कृतिको रक्षाको लागि आफूले काम गरेको बताउनुभयो । वहाँले आफू संस्कृति मन्त्री समेत भएकोले प्रदेश सरकारको तर्फबाट भाषा संरक्षणमा सबैखाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा ईनरुवा नगरप्रमुख राजन मेहता, पुर्व नगर प्रमुख गोपाल कोईराला, यादव सेवा समितिका अध्यक्ष भुवनेश्वर यादव, कुसवाहा समाजका रघुनन्दन मेहता, हरि मेहता लगायतका रोकारबालाहरुले मैथिली भाषाको बारेमा बोल्नुभयो । उता सोही कार्यक्रममा पुस ६ र ७ गते अन्तराष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा हुने जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?