logo
२०८० चैत्र १५ बिहीवार



न्यायपरिषद सदस्यबाट वैदिकले दिनुभयो राजीनामा

पढ्नै पर्ने |


न्यायपरिषद सदस्यबाट वैदिकले दिनुभयो  राजीनामा


काठमाडौँ, मङ्सिर १९ गते । न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाउनु भएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उहाँले राजीनामा बुझाउने निर्णय गर्नुभएको हो ।
वैदिकले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष न्याय परिषद सदस्यबाट राजीनामा बुझाउनु भएको हो । उहाँले आफूले बुधबार राष्ट्रपतिलाई राजिनामा बुझाउनु भएको गोरखापत्र अनलाइनलाई बताउनुभएको छ । 
उहाँ पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा न्यायपरिषद सदस्यमा नियुक्त हुनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?