logo
२०८० चैत्र १५ बिहीवार



मकालु गाउँपालिका अध्यक्षमा नेकपाको उम्मेदबार बिजयी

प्रदेश |


मकालु गाउँपालिका अध्यक्षमा नेकपाको उम्मेदबार बिजयी
तस्बिरमा क्रमश: वडाअध्यक्ष घिमिरे तथा गापा अध्यक्ष पाेखरेल


ध्यान कुलुङ
सङ्खुवासभा, मंसिर १५ गते । एक गाउँपालिका अध्यक्ष र एक वडा अध्यक्षको उपनिर्वाचन भएको सङ्खुवासभामा दुवै पदमा नेकपाले जितेको छ । मकालु गाउँपालिकाको अध्यक्ष पदमा तेजबहादुर पोखरेल र खाँदबारी नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा भरतकुमार घिमिरे निर्वाचित भएका हुन् ।

मकालु गाउँपालिकामा निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बिमन पराजुलीलाई ८ सय २ मत अन्तरले पराजित गर्नुभएको हो । उहाँले तीन हजार १८ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका विमन पराजुलीले दुई हजार दुई सय १६ मत प्राप्त गनुभएको हो । संघिय समाजवादी नेपालका उमेद्वार नुर्वु शेर्पाले तीन सय ३२ मत प्राप्त गरेपनि अन्य साना दलहरुले ५० मत समेत कटाएका छैनन् । नौ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा पाँच हजार सात सय ७४ मत खसेको थियो । त्यस मध्ये एक सय २५ मत बदर भएको छ ।
खाँदबारी–३ को निर्वाचनमा नेकपाकै उम्मेदबार बिजयी
यता खाँदबारी नगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेसका उमेदवार विक्रम गुरुङलाई पराजित गरेर नेकपाका भरत घिमिरे निर्वाचित हुनुभएको हो । उहाँले कांग्रेसका उमेद्वार गुरुङलाई तीन सय २९ मत अन्तरले पराजित गर्नुभएको थियो । घिमिरेले सात सय ६९ मत प्राप्त गर्नुभएको थियो भने गुरुङले चार सय ७६ मत प्राप्त गर्नुभएको थियो । यस वडामा एक हजार आठ सय २२ मतदाता रहेकोमा एक हजार दुई सय ७१ मत खसेको थियो । वडा अध्यक्षको लागि दुई दलले मात्र उम्मेदवारी दिएको थियो ।

दुवै पदमा निर्वाचितहरुलाई आईतबार नै पद तथा गोपनियताको सपथ गराईएको छ । खाँदबारी नगरपालिका ३ का अध्यक्ष घिमिरेलाई मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले सपथ ग्रहण गराउनुभएको थियो भने मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोखरेललाई मकालु गाउँपालिकाका निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले सपथ ग्रहण गराउनुभएको थियो । नव निर्वाचित अध्यक्षहरुले सपथ ग्रहण गराएँसँगै पदिय जिम्मेवारी पनि ग्रहण गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?