logo
२०८० चैत्र १५ बिहीवार



नवनियुक्त मन्त्रीहरुले लिए सपथ

पढ्नै पर्ने |


नवनियुक्त मन्त्रीहरुले लिए सपथ
तस्बिरः शेखर चौलागाई / गोरखापत्र


गोरखापत्र अनलाइन

काठमाडौँ, मङ्सिर ५ गते । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त छ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिनु भएको हो । मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिनु भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ केही मन्त्री र राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री र राज्यमन्त्रीको सिफारिस गरेर राष्ट्रपति समक्ष पेश गर्नु भएको थियो । नयाँ मन्त्रीहरुमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त हुनु भएको हो ।

यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरले राज्यमन्त्रीको सपथ लिनु भएको हो ।

तस्बिरः शेखर चौलागाई / गोरखापत्र

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा मौजुदा मन्त्रिमण्डलमा फेरबदल (सूची सहित)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?