logo
२०८० चैत्र १६ शुक्रवार



चितुवाको पासो बनाउने सम्मानित

प्रदेश |


चितुवाको पासो बनाउने सम्मानित


अमरराज नहर्की
भानु(तनहुँ) मङ्सिर १ गते । पासो बनाई चितुवा पार्न सफल चार व्यक्तिलाई भानु नगरपालिका तथा डिभिजन वन कार्यालय तनहुँले आईतबार सम्मान गरेको छ । सम्मानित हुनेहरुमा मुख्य कालीगढहरु ७७ वर्षीय हरिभक्त ढकाल र मनबहादुर राना एवं दुईजनालाई मद्दत पु¥याउनेहरु सहायक कालीगढ हीराबहादुर आले र लसबहादुर आले रहनुभएको छ ।

पासो बनाई नरभक्षी चितुवा पासोमा पार्न सफल भएको तथा पुराना सीपको नयाँ पुस्तालाई सिकाएको भन्दै सम्मान गरिएको हो । भानु नगरपालिकाका मेयर उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद प्रदान गरी संयुक्त रुपमा सम्मान गर्नुभयो । डेढ वर्षको अवधिमा भानु नगरपालिकाको १, २, ३ र ४ नम्बर वडामा नरभक्षी चितुवाको आक्रणबाट छजनाको मृत्यु भई सकेको छ भने चारजना घाईते भएका छन् ।

सम्मानित व्यक्तिहरुले बनाएको पासोमा परेका तीन चितुवालाई अहिले थुनिएको छ । दुईवटा पासोमा पार्न सफल ढकाललाई नगद १० हजार र एक वटा पासोमा पार्न सफल रानालाई पाँच हजार र उहाँहरुलाई मद्दत पु¥याउने आले र कुमाललाई दुई हजार ५०० रुपैयाँले सम्मान गरिएको थियो । कार्यक्रममा नरभक्षी चितुवाहरु धेरै भएको हुन सक्ने भएकोले चितुवा सक्रिय हुने समय साँझ तथा विहानमा बालबालिका तथा आपूm पनि बाहिर ननिस्कने र चितुवा लुक्न सक्ने हुँदा घरबारी पारीको झाडी हटाउने कार्य गर्न भानुबासीलाई डिभिजन वन प्रमुख बरालले आग्रह गर्नुभयो ।

उक्त अवसरमा चितुवाको खोर बनाउन मद्दत पु¥याउने विभिन्न ५ वटा सामुदायिक वन तथा वडालाई पनि सम्मान गरिएको थियो । सामुदायिक वन र वडालाई पनि दुई हजार पाँचसयको दरले नगद तथा सम्मान प्रदान गरिएको थियो । नगरपालिका र डिभिजन वनले २५ ÷२५ हजार रुपियाँ गरी ५० हजार रुपैयाँ सम्मानको लागि खर्च गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?