logo
२०८० चैत्र १६ शुक्रवार



विप्लव समूहका जिल्ला सदस्य पक्राउ

प्रदेश |


विप्लव समूहका जिल्ला सदस्य पक्राउ


नरेन्द्र ढकाल
गोरखा, कार्तिक २८ गते । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका विभिन्न गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार सदरमुकामको हरमटारी चोकबाट पक्राउ परेका ४८ वर्षीय रोहित पन्त रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

उहाँलाई विभिन्न सार्वजनिक अपराधमा संलग्न रहेको प्रहरीले आरोप लगाएको छ ।

बुधबार सार्वजनिक अपराध ऐन अन्र्तगत १० दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी शर्माले बताउनुभयो ।

यसअघि राजद्रोह मुद्दामा असार १० गते पक्राउ परेका पन्त साउन २ गते पाँच हजार रुपियाँ धरौटीमा छुट्नुभएको थियो ।

त्यसपछि पनि उहाँलाई सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका विभिन्न गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?