logo
२०८१ बैशाख १३ बिहीवार



मुख्यमन्त्री राउत पहिलो विदेश यात्रामा

प्रदेश |


मुख्यमन्त्री राउत पहिलो विदेश यात्रामा


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २७ गते । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत पहिलो पटक विदेश यात्रामा निस्किनुभएको छ । अमेरिकास्थित एक गैर सरकारी संस्थाको साधारण सभाको उद्घाटन गर्न मुख्यमन्त्री राउत बुधबार अमेरिका प्रस्थान गर्नुभएको हो ।
भ्रमणमा प्रदेश¬–२ का मुख्यमन्त्री राउतसँगै प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झा पनि सहभागी हुनुहुन्छ । मुख्यमन्त्री राउतले अमेरिकामा आगामी साता सुरु हुने अमेरिकामा बसोबास गर्ने तराई मूलका नेपालीको संगठन (एन्टा)को सम्मेलनमा सहभागी हुनुहुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि गत्वर्ष अमेरिकामै रहेको मधेशी मूलका नेपालीको संगठन (एमए ए)को साधारणसभामा प्रमुख वक्ताको रुपमा प्रदेश–२ का मुख्यमन्त्री राउतलाई आमन्त्रण गरिएको थियो । तर संघीय सरकारले भ्रमणको अनुमति नदिएपछि मुख्यमन्त्री राउतले भ्रमण रद्द हुन पुगेको थियो ।
प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्रीको भ्रमण स्वीकृत गर्दै संघीय सरकारलाई भ्रमण अनुमतिको लागि आग्रह गर्ने निर्णय गरेको थियो । प्रदेश–२ सरकारको आग्रहमा संघीय सरकारले भ्रमण अनुमति दिएपछि मुख्यमन्त्री राउत बुधबार अमेरिकाका लागि प्रस्थान गर्नुभएको हो ।
परराष्ट्र मन्त्रालयले भ्रमणको पूर्वसन्ध्यामा कात्तिक १९ गते मात्रै मुख्यमन्त्री राउतको कुटनीतिक राहदानी जारी गरेको थियो । मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्किनुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?