logo
२०८० चैत्र १६ शुक्रवार



गाँजा खेती नष्ट

प्रदेश |


गाँजा खेती नष्ट


चितवन, कात्तिक २६ गते । राप्ती नगरपालिका–१२ र १३ को करिब ७९ बिघामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र यस मातहतका एकाइले पाँच दिन लगाएर राप्तीका दुई वटा वडामा लगाइएको गाँजा नष्ट गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । कोइरालाका अनुसार यही कात्तिक २० गतेदेखि २४ गतेसम्म ५ दिनमा सो परिणामको गाँजाखेती नष्ट गरिएको हो ।

विभिन्न स्थानमा अवैधरुपमा लगाइएको गाँजाखेती इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको ६७ जना प्रहरी टोलीले नष्ट गरेको उहाँले वताउनुभयो ।

यसैबीच प्रहरीले विसं २०७६ को विजयादशमीदेखि छठपर्वसम्म विभिन्न मितिमा अवैधरुपमा निकासी गरी चितवनमा ल्याइएका विभिन्न प्रकारका विष्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ । कोइरालाका अनुसार पटका, भूईचम्पा, अतिसबाजीजस्ता प्रज्वलनशील पदार्थ अन्दाजी रु १२ लाख मूल्य बराबरको विस्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?