logo
२०८१ बैशाख ७ शुक्रवार



सुदूर पश्चिममा भ्रष्टाचारका उजुरी बढे

पढ्नै पर्ने |
प्रदेश |


सुदूर पश्चिममा भ्रष्टाचारका उजुरी बढे


गोकर्ण दयाल

बैतडी, कात्तिक २५ गते । बैतडीबाट भ्रष्टाचार सम्बन्धी अख्तियारमा उजुरीको संख्या बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियारको भूमिका विषयक आयोगको केन्द्रीय कार्यालयको अगुवाईमा सोमबार बैतडीमा आयोजित कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको हो ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा बैतडीमा भ्रष्टाचार सम्बन्धी पाँच सय ९४ वटा उजुरी परेको आयोगले जानकारी दिएको छ । यो संख्या सुदूर पश्चिम प्रदेशका कैलाली र कञ्चपुरपछि पहाडी जिल्ला मध्ये बैतडीबाट बढी उजुरी परेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार दार्चुलामा तीन सय १४, बैतडीमा पाँच सय ९४, डडेल्धरामा चार सय ४, बझाङमा दुई सय ८८, डोटीमा तीन सय ९७, अछाममा दुईसय ५१, बाजुरामा एक सय ५१,कञ्चनुपुरमा एक हजार दुई ४५ र कैलालीमा एक हजार पाँच सय २४ वटा उजुरी परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा क्षेत्रीय कार्यालय कञ्चनपुरमा स्थापना भएको आर्थिक वर्ष २०७०/२०७१ देखि २०७६/२०७७ को असोज मसान्तसम्म सुदूरपश्चिमका नौ वटै जिल्लाबाट पाँच हजार १८४ वटा उजुरी परेको आयोगका क्षेत्रीय प्रमुख बावुराम खतिवाडाले बताउनुभयो । कुल उजुरी मध्ये चार हजार ३२७ फछ्र्यौट भएको र ८५७ वटा उजुरी अनुसन्धानमा रहेको खतिवडाले बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसनधान आयोगका अयुक्त डाक्टर गणेशराज जोशीले आयोगले भ्रष्टाचार हुन नदिन प्रबद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक गरि तीन खम्बे नीति लिएर अघि बढिरहेको बताउनुभयो ।

जोशीले भन्नुभयो, भ्रष्टाचार रोक्न आयोगले विभिन्न जिल्लामा प्रबद्र्धनात्मक कार्यक्रम गर्न थालेपछि उजुरी गर्ने संख्या बढेको छ । तथ्यगत उजुरी आए आयोगलाई छानबीन गर्न सजिलो हुने भएकोले सरोकारवाला निकाय सबैले भ्रष्टाचार रोक्न जागरुक बन्नु पर्छ ।

बैतडीबाट पछिल्लो समय स्थानीय तहको बारेमा बढी उजुरी आए पनि उजुरी फर्र्छौट गर्न स्थानीय तहकै कारण असजिलो भईरहेको अख्तियारका सह न्यायधिवक्ता गोपालप्रसाद रिमालले बताउनुभयो ।

रिमालले भन्नुभयो, अख्तियारमा उजुरीको संख्या बढे पनि स्थानीय तहलाई पटक पटक ताकेता गर्नुपर्ने, समग्र ईकाई गठन नहुनु, आफु अनुकुल जवाफ पठाउने, आरोपीत व्यक्ति र निकायकै जवाफ साभार गरि पठाउनु, स्थलगत निरीक्षण बिना प्रतिवेदन पठाउने गरेका कारण उजुरी फर्छ्र्यौट गर्न गाह्रो हुने गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नागरिक अगुवा एवं सामाजिक अभियन्ता डाक्टर केदारचन्द्र भट्टले भ्रष्टाचार महारोगका रुपमा देखा परेकोले रोकथाम गर्न आवश्य रहेको बताउनुभयो ।

त्यसैगरि नागरिक समाज बैतडीका अध्यक्ष गणेश ठकुराठीले स्थानीय तहमा सडकमा जथाभावी डोजर आतंक फैलिएको बताउनुभयो ।

अध्यक्ष ठकुराठीले भन्नुभयो, मान्छेले काम गरेको हाजिरी गरेर डोजरले बाटो खन्ने काम भईरहेको छ । गाउँपालिका र नगरपालिका र प्रदेश सरकार सबैको बजेट सडकमै खन्याएर नेता र जनप्रतिनिधिका डोजरलाई काम दिनकै लागि सडकमा बजेट छुट्याउने गरिएको छ ।

अख्तियारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र नागरिक समाजको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?