logo
२०८० चैत्र १६ शुक्रवार



सुनको भाउ घट्यो

अर्थ |


सुनको भाउ घट्यो


काठमाडौं, कात्तिक २२ गते साताको छैटौ दिन शुक्रबार सुनको मूल्यमा गिरावट भएको छ । साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा बृद्धि भएकोमा शुक्रबार पुनः मूल्यमा गिरावट आएको हो ।

आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहीबार उकालो लागेको पनि शुक्रबार पुनः ओरालो लागेको हो ।

शुक्रबार छापावाल सुन ६९ हजार नौ सयमा कारोबार भैरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार छ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ६९ हजार छ सयमा कारोबार भैरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला आठ सय ३५ रुपैयामा कारोबार भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?