logo
२०८१ बैशाख ६ बिहीवार



आजदेखि स्काउट क्याम्पोरी

प्रदेश |




चितवन, कात्तिक २२ गते ।  भरतपुर महानगरपालिका–३ नारायणगढमा रहेको भृकुटी बोर्डिङ स्कूलको आयोजनामा आज देखि तीन दिनसम्म भृकुटी नमूना स्काउट क्याम्पोरी २०७६ शुरु हँुदैछ ।

नेपाल स्काउट चितवनको संरक्षकत्वमा जिल्लामा चौथोपटक क्याम्पोरी हुन लागेको हो ।

कार्यक्रम संयोजक रामु पाण्डेका अनुसार क्याम्पोरीमा चितवनसहित १४ जिल्लाका ८०० विद्यार्थी र २०० जना रोवर, रेञ्जर र शिक्षक सहभागी हुने कार्यक्रम रहेको छ । क्याम्पोरीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो ।

स्कूलका प्राचार्य रामजी पाण्डेका अनुसार क्याम्पोरीमा सहासी, मनोरञ्जनात्मक र बौद्धिक तालीमसहित विभिन्न गतिविधि गराइनेछ । युवालाई दुव्र्यसनबाट रोक्ने र रचनात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यका साथ क्याम्पोरी गर्न लागिएको हो । ११ देखि १६ वर्षसम्मका विद्यार्थीलाई स्काउट भनिन्छ भने १६ देखि २५ वर्षसम्मका युवालाई रोवर र युवतीलाई रेन्जर भनिन्छ ।

स्कूलका सहायक प्राचार्य होमनाथ न्यौपानेका अनुसार आज फ्याग होस्टिङ गर्ने कार्यक्रम रहेको छ भने शनिबार साँझ ५ बजे ग्र्यान्ड क्यामफायरसहित उद्घाटन गर्ने कार्यक्रम रहेको छ । न्यौपानेले गएको शैक्षिक सत्रमा एसइई परीक्षामा निकै राम्रो नतिजा पाएकै वर्ष भव्य कार्यक्रम गर्ने अवसर विद्यालयले प्राप्त गरेकामा विद्यार्थीहरु उत्साहित भएको बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?