logo
२०८० चैत्र १६ शुक्रवार



प्रतिनिधि सभा र प्रदेशसभाको उपनिर्वाचनका लागि मनोनयन दर्ता

प्रदेश |


प्रतिनिधि सभा र प्रदेशसभाको उपनिर्वाचनका लागि मनोनयन दर्ता


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २१ गते । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की, दाङ, भक्तपुर र बाग्लुङमा मनोनयन दर्ता भएको छ । बिहीबार प्रतिनिधि सभा र प्रदेशसभाको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो ।
निर्वाचन आयोगले बिहीबारलाई रिक्त रहेको प्रतिनिधि सभा र प्रदेश सभाको लागि मनोनयन दर्ताको मिती तोकेको थियो । स्थानीय तहको निर्वाचनको लागि २७ गते मनोनयनको समय तोकेको छ ।

उपनिर्वाचनका लागि भक्तपुरुमामा २१ जनाको मनोनयन दर्ता

भक्तपुरको प्रदेश १(क) मा उप निर्वाचनको लागि मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन कार्यालयमा पुगेर बिहीबार विभिन्न दलहरु तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

भक्तपुरमा नेकपावाट देवीप्रसाद ढकाल, नेपाली कांग्रेसवाट कृष्णलाल भडेल, नेमकिपावाट निरज लवजु,राप्रपावाट श्यामप्रसाद नेपाल, राप्रपा संयुक्तवाट रामशरण लामिछाने, साझा पाटी सुरज प्रधान, समाजवादी पाटी सुर्दशन मुनकर्मी,नेकपा माले, सुर्दशन लामिछाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मंञ्च, मिङमार लामा, आमुल परिर्वतन मसिहा पाटी नेपाल डिल्लीप्रसाद चौलागाई, नेपाली कांग्रेस बिपी,मधुसुदन न्यौपानेले उम्मेदवारी मनोनयन दर्ता गर्नु भएको हो ।

भक्तपुरको प्रदेश १(क) मा कृष्णप्रसाद हेग,जीवन नेपाली, कृष्णराम पोत्हाम्हा, अर्जुन कोजु, उत्तम खागकर्मी, राकेश सुवाल, सुमना कार्की, संगिता पौडेल आचार्य, जीवनचक्र अधिकारी, सुजता देउवाले स्वतन्त्र उम्मेदवार दर्ता गराउनु भएको हो ।
भक्तपुरको प्रदेश १(क) मा प्रदेश सभाका सदस्य हरिशरण लामिछानेको मष्तिकघातको कारण निधन भएपछि उप–निर्वाचनमा २१ जनाले मनोनयन दर्ता गराउनु भएको हो ।

उपनिर्वाचनका लागि दाङमा १४ जनाको मनोनयन दर्ता

टीकाबहादुर बस्नेत

दाङ, कात्तिक २१ गते । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि बिहीबार मनोनयन दर्ता भएको छ । प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधनपछि रिक्त क्षेत्र नम्वर ३ (ख) को प्रदेश सभा सदस्यका लागि १४ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

बिहान ११ वजेबाट सुरु भएको मनोनयन दर्ता कार्यक्रममा जिल्लामा क्रियाशील १२ वटा दल र द्ई जना स्वतन्त्र उम्मेदवारसहित १४ जनाको मनोनयन दर्ता भएको प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । अघिल्ला निर्वाचनमा जस्तै मनोनयनमा दलहरुमा उत्साह देखिएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन अधिकृत थापाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्वर्गीय प्रदेश सभा सदस्य उत्तरकुमार ओलीकी जीवनसंगीनी बिमलाकुमारी खत्री ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलसहित पार्टीका केन्द्रीय तहका नेताहरुको उपस्थितिमा ओलीले मनोनयन दर्ता गर्नुभएको हो ।

नेपाली कांग्रेसबाट केशवराज शर्मा,त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छोटीलाल चौधरी, नेपाल कम्युनिष्ट पार्टी मालेबाट हरिप्रसाद डाँगीले मनोनयन दर्ता गराउनुभएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपाल रावत, मंगोल नेपाल पार्टीबाट घनश्याम चौधरीले मनोनयन दर्ता गराउनुभएको छ ।

त्यसैगरी नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री , साझा पार्टीबाट शिवकुमार चौधरी, नेपाली कांग्रेस (विपी) बाट दीपककुमार धिताल र स्वतन्त्र उम्मेदवारका गोविन्द केसी र टीकाराम आचार्यले मनोनयन दर्ता गर्नुभएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

उपनिर्वाचन २०७६ः बागलुङमा १० जनाको मनोनयन दर्ता

राससका अनुसार बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावका लागि दश जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

पहिलो मनोनयन दर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गरेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताउनुभयो । निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि अपराह्न १ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको थियो । शर्माका अनुसार उम्मेदवार नामावलीको सूची पनि प्रकाशन भइसकेको छ ।

भोलि उम्मेदवारको विरोधमा उजुरी, २३ गते उजुरीमाथि जाँचबुझ र नामावली प्रकाशन, २४ गते उम्मेदवारको नामावली फिर्ता र अन्तिम नामावली प्रकाशन, २५ गते निर्वाचन चिन्ह प्रदान र मङ्सिर १४ गते मतदानको कार्यक्रम छ । बागलुङमा प्रदेशसभासँगै बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । वडाध्यक्षको उपचुनावको लागि यही कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । गाउँपालिकाको केन्द्रमा बुधबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । बागलुङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख बनेपछि उक्त वडामा उपचुनाव हुने भएको हो ।

उपनिर्वाचनका लागि कास्कीमा मनोनयन दर्ता

राससका अनुसार कास्की क्षेत्र २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनका लागि आज पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलका उम्मेदवार आआफ्ना नेता र कार्यकर्ताकासाथ दलको झण्डा, मतदान चिह्नका साथै गाजाबाजाका उम्मेदवारी दर्ता गर्न पुगेका छन् । नेकपाबाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेल, राप्रपाबाट रोमबहादुर भण्डारी, विवेकशील नेपाली पार्टीबाट जमुना केसी, साझा पार्टीबाट रजनी शर्मा र मङ्गोल अर्गनाइजेशन पार्टीबाट रियाज गुरुङले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनका लागि दाङमा १४ जनाको मनोनयन दर्ता

उपनिर्वाचनका लागि कास्कीमा भक्तपुरमा २१ जनाको मनोनयन दर्ता

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?