logo
२०८० चैत्र १६ शुक्रवार



महिलासहित २ वटा बालकको बेवारिसे शव फेला

प्रदेश |


महिलासहित २ वटा बालकको बेवारिसे शव फेला


तिलाचन पाण्डे
तम्घास कात्तिक १६ गते । गुल्मीमा बेवारिसे अवस्थामा ३ वटा शव फेला परेको छ ।

शनिवार विहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीय महिलाको र अन्दाजी ७ र ८ वर्षका बालकको २ वटा बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।

कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर पर २ वटा बालकको शव फेला परेको घलेले बताउनुभयो ।

शवलाई पोष्टमार्टमलगायत घटनाको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरीक्षकसहितको टोली पठाइएको घलेले बताउनुभयो ।

बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?