logo
२०८१ बैशाख ४ मंगलवार



मेलम्ची नगरपालिका दुर्घन्धित

प्रदेश |


मेलम्ची नगरपालिका दुर्घन्धित


सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, कात्तिक १६ गते । तीन नगर र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका दिनप्रतिदिन दुर्घन्धित हुँदै गइरहेको छ । नगरपालिकाले फोहोर फाल्ने स्थायी ठाउँ अहिले सम्म व्यबस्था नगर्दा सो नगरपालिकामा फोहोरको थुप्रो लाग्न थालेको हो ।
स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि चुनिएको यति लामो समय हुँदा समेत सो नगरको जनप्रतिनिधिले अहिले सम्म फोहोर फाल्ने स्थान समेत मिलाउन सकेका छैनन् । सो कारण नगरभित्रको मेलम्ची बजार, सिपाघाट बजार, बाहुनेपाटी बजारमा फोहोरको थुप्रै थुप्रा मात्र देखिन थालेका छन ।
जनप्रतिनिधि चुनिनु अघि तत्कालीन मेलम्ची गाबिसले दुई महिनाको लागि अस्थायी रुपमा मेलम्ची नपा ११ स्थित धिताल बेशीमा फोहोर फाल्न अनुमति लिएको थियो ।
धिताल बेशीमा नगरले अहिले पनि फोहोर फाल्दै आएपछि त्यहाँका स्थानीयले रोकेपछि फोहोर बजारमा नै थुप्रिन थालेको हो । मेलम्ची नपा ११ का अध्यक्ष रुद«प्रसाद दुलालका अनुसार मानव बस्ती रहेको सो धिताल बस्तीमा फोहोरका कारण स्वास्थमा ज्यादै प्रतिकुलता भएपछि सो स्थानका स्थानीयले फोहोर फाल्न नदिएका हुन ।
२० दिन यता फोहोर उठाइएको छैन । स्थानीय तथा मेलम्ची बजारका सागर श्रेष्ठले बजारमा फोहोर थुप्रिन थालेपछि दुर्घन्ध फैलिन थालेको बताउनुभयो । फोहोरका कारण बजारमा हिड्न समेत समस्या भएको र रोगले च्याप्न थालेको श्रेष्ठले गुनासो गर्नुभयो । बजारमा फोहोर थुप्रिदैं आएको स्थानीय प्रकाश श्रेष्ठले भन्नुभयो ।
यसबारे मेलम्ची नगरपालिकाका अध्यक्ष डम्बर अर्यालले चाँडै नै स्थायी रुपमा फोहोर फाल्ने स्थान खाजेर थुप्रिएका फोहोर उठाइने जानकारी दिनुभएको छ । मेलम्ची र अन्य बजारबासीले तत्काल फोहोर उठाउन दैनिक जसो नगरपालिकामा धर्ना र जुलुस गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?