logo
२०८१ बैशाख १३ बिहीवार



बारामै पाँच सय प्रतिशतले बढ्यो तरकारीको भाउ

प्रदेश |


बारामै पाँच सय प्रतिशतले बढ्यो तरकारीको भाउ


शिबशंकर मिश्र 

बारा, कात्तिक ६ गते ।दशैयता बारा जिल्लामा हरियो तरकारीको मूल्य आकाशिएको छ । कृषकबाट सिधै बजारमा तरकारी नआउँदा तरकारीको भाउ आकाशिएको हो । किसानसँग बिचौलियाले खरिदगरी आफुखुशी तरकारीको भाउ राखेर बेच्ने गरेका छन् । दशैदेखि हरियो तरकारीको भाउ झण्डै ५ सय प्रतिशतसम्म बढेको उपभोक्ताहले बताएका छन् ।


असहज आर्पूर्ति र नजिकिँदै आएको तिहार र छठको मागलाई हेर्दा तत्कालै मूल्य घट्ने सम्भावना कम रहेको तरकारी व्यवसायीह बताउँछन् । असोजमा परेको झरीले बारा, पर्सा जिल्ला लगायतमा लगाइएका तरकारी खेतीमा क्षति पुगेपछि स्थानीय बजारमा पाँच सय प्रतिशतसम्म हरियो तरकारीको मुल्य बृद्धि भएको उनीहरुले बताएका छन् ।

दैनिक आवश्यक पर्ने तरकारीको अस्वाभाविक मूल्य वृद्धिले उपभोक्ता महंगो मूल्य तिर्न बाध्य भएका छन् । कलैयाको तरकारी बजारमा वर्षाअघि किलोको १५ रुपैयाँमा बिक्री हुने भिन्डीको भाउ अहिले ८० रुपैयाँ पुगेको छ ।किलोको ३० देखि ४० रुपैयाँ पर्ने तिते करेला दुई सय ४० रुपैया प्रति किलो भएको छ ।

मुठाको पाँच रुपिया पर्ने रायो साग १५ देखि २० रुपैया प्रति मुठा भएको छ । मुला २० बाट बढेर ५० रुपैयाँ, ५० पर्ने बोडी सय, फर्सी ३५ बाट बढेर ९० रुपैयाँ पुगेको छ ।
यसैगरी प्याज किलोको एक् सय २०, काउली एक सय, गोलभेडा एक सय २० देखि एक सय ५० र बन्दा कोभी ५० रुपैयाँ प्रति किलो भएको छ । अत्याधिक मुल्य बृद्धिले उपभोक्ताले हरियो तरकारी खानै नसक्ने अवस्थामा पुगेका छन् ।

तराई मधेशमा तरकारी नपाएपछि व्यवसायीह तरकारी संकलनका लागि पहाडी जिल्लामा पुग्न थालेका छन् भने त्यसतर्फ सम्बन्धित निकाय मौन बनेका उपभोक्ताहरुको गुनासो छ । कृषकले हरियो तरकारी बेच्न आएपछि बिचौलियाले एकमुष्ठ खरिदगरी बढी भाउ राखेर मनोमानी बेच्ने गरेको कलैया बलिरामपुर टोलका राजेन्द्र साहले बताउनुभयो ।

कलैया उपमहानगरपालिका वडा नम्बर–११ निवासी किसान श्रीराम कुशवाहासँग कलैया बजारका स्थानीय बिचौलिया दीपक प्रसादले एक मुठा बोडी खरिदगरी बढी मूल्यमा बेच्ने बताउनुभयाे । दिनभरीको ज्याला किसानबाट खरिदगरी माग अनुसारको मूल्य राखेर म जस्तै अन्यहरु किसानकोबाट खरिदगरी बेच्ने गरेको दिपकले बताउनुभयो ।

हरियो तरकारीको भाउ व्यवसायीको मनोमानी भएपछि किराना पसलबाट चना, सोयाबिन, मटरको बिक्री अहिले बढेको हो । प्रायः जसो किराना पसलमा तरकारीको लागि चना, सोयाबिन र मटर खरिदगर्ने उपभोक्ता आउने गरेको महागढीमाई नगरपालिका उद्योग बाणिज्य संघ शाखा कार्यालय गंजभवानीपुरका अध्यक्ष तथा किराना पसल व्यवसायी रुस्तम अंसारीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?