logo
२०८१ बैशाख १२ बुधवार



दलित समुदायलाई शुद्ध खानेपानीका लागि धारा

प्रदेश |


दलित समुदायलाई शुद्ध खानेपानीका लागि धारा
तस्बीर ः फाईल फोटो


इनरुवा, कात्तिक ६ गते ।
सुनसरीको दुहबी नगरपालिकाकाका दलित समुदायका ५० परिवारलाई खानेपानीका लागि धारा वितरण गरिएको छ ।

दुहवी नगरपालिकाको सहयोग तथा करुणा फाउन्डेसन र म्याक्स फाउन्डेसनको सहकार्यमा दुहबी १ को मुसहर बस्तिका ५० परिवारलाई शुद्ध खानेपानीका लागि धारा वितरण गरिएको हो ।


मुसहर बस्तीमा धाराको पानी खोली दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छेदारले उद्धघाटन गर्नु भएको थियो । धारा वितरण तथा उद्घाटन कार्यक्रम खानेपानी उपभोक्ता समितिका अध्यक्ष सनिचर ऋषिदेवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदार रहनुभएको थियो ।

म्याक्सका कन्ट्रि कोर्डिनेटर बंगलादेश निवासि मो. रियाज, नेदरलेन्ड निवासी सुजन विल्ट, करुणा फाउण्डेशनका योगेन्द्र गिरि दुहवी नपा वडा नं. १ का वडा अध्यक्ष अजुल हुसेन, सञ्चारकर्मी आशिष यादव लगायतको सहभागीता रहेको थियाृे ।


दुहवीमा रहेको खानेपानी जडान गर्न १५ हजार भन्दा बढि खर्चिनु पर्नेमा दलित समुदायको पहुच भन्दा बाहिर रहेको देखेर ५० घरधुरी दलित मुसहर समुदायलाई शुद्ध खानेपानीका लागी दुहवी १ अवस्थीत रहेको मदन आश्रित आधारभुत विद्यालयको प्राङ्गणमा बोरीङ र ट्यांकी निर्माण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?