logo
२०८० चैत्र १६ शुक्रवार



मानवसँग द्वन्द्व कम गराउन हात्ती करिडोर

प्रदेश |


मानवसँग द्वन्द्व कम गराउन हात्ती करिडोर


टीकाराम उप्रेती
जलथल, कात्तिक ५ गते । लामो सयमदेखि मानिस र हात्तीको बीचको द्वन्द्व बढ्दै गएपछि त्यसलार्इ कम गर्न झापामा हात्तीको करिडोर निर्माण थालिएको छ । हात्तीका लागि छुट्टै चरन क्षेत्र निर्माण गर्दै मानव हात्ती द्वन्द्व कम गराउँदै उनीहरुलाई प्राकृतिक वासस्थानमै रमाउन दिनको लागि हात्ति करिडोर निर्माण थालिएको हो ।

जिल्लाको पूर्वी दक्षिण कचनकवल, हल्दीवारी गापादेखि भद्रपुर नगरपालिका हुँदै उत्तर पूर्वको बाहुनडाँगी सम्मको १ सय ५२ किलोमिटर लामो दुरीलाई हात्ती करिडोर निर्माण घोषणा गरिएको थियो । पहिलो चरण अन्र्तरगत चालु आर्थिक बर्षमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषबाट ६ करोड रुपैयाँ बिनियोजन भएको थियो ।
जसको अन्तर्राष्ट्रिय ग्लोवल टेण्डरबाट नेपालका दुईवटा र भारतको एक कम्पनी गरि तीनवटा कम्पनीले संयुक्त रुपमा काम गरिरहेका छन् । निर्माणको रेखदेखको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी टप्पु कार्यालयले पाएको छ । सो कार्यालयका कार्यक्रम अधिकृत बिरेन्द्र गौतमका अनुसार गत बैशाखदेखि सौर्य उर्जाबाट बिद्युतीय तारबार (सोलार फेन्सीङ) को काम अघि बढाइएको ।

जसमा अहिलेसम्म २८ किलोमिटर सौर्य बिद्युतीय तारवार लगाउने काम सम्पन्न भइसकेको छ ।
दुई बर्षमा सम्पन्न गर्ने गरि सु्रु गरिएको काममा जिल्लाको दक्षिण पूर्वी क्षेत्र भद्रपुर नपा, कचनकवल र हल्दीवारी गापाको बीचमा रहेको २२ वटा सामुदायिक वनको ६३ हेक्टर क्षेत्रफललाई वरिपरिबाट बिद्युतीय तारवारले घेरावारा गरिदैछ ।

यो काम यही कात्तिक महिना भित्रमा सम्पन्न गर्ने लक्ष रहेको कार्यक्रम अधिकृत गौतमले जानकारी दिनुभयो ।एउटै भौगोलिक क्षेत्र रहेका यहाँका २२ वटै सामुदायिक वनमा मानिस तथा हात्ती आवतजावत गर्नका लागि बिभिन्न स्थानमा तीन किलो मिटर क्षेत्रमा १० वटा गेट निर्माण गरिएको छ । कुल ४४ किलो मिटर परिधि रहेको वन क्षेत्रलाई बाटो र गेटको लागि छुट्याउदा कुल ३७ किलोमिटरको हाराहारीमा मात्र बिद्युतीय सौर्य तारवार जडान गर्नु पर्ने छ ।

स्थानीय देउनीया खोलाको दायाँवायाँको भागलाई हात्तीको चरन क्षेत्रको रुपमा सुरक्षित बाटो निर्माण गर्दै दक्षिणदेखि जलथलदेखि मेची नपाको चारआली जंगलसम्मको मार्ग सुरक्षित बनाइनेछ ।

त्यसपछि बाहुनडाँगीसम्म पुग्नका लागि चारआली क्षेत्रमा झण्डै चार किलोमिटरमा चारआली बजार तथा धना मानव बस्ती रहेको छ । यो बस्तीदेखिमाथि मेची नपाकै कालिका सामुदायिक वन क्षेत्र भेटिन्छ ।

यो क्षेत्रमा समेत हात्तीको बाटो सुरक्षित गर्ने बिषयमा छलफल भइरहेको जनाइएको छ ।
डिभिजन वन कार्यालय झापाका प्रमुख बिस्नुलाल घिमिरेले हात्तीले चरन क्षेत्रको रुपमा मानव बस्तीमा पसेर धेरै जनधनको क्षति गरेपछि मानव र हात्तीको लागि यो परियोजना सफल हुनेछ । घिमिरेले भन्नु भयो,‘यसले हात्ती पनि मानिसको निशाना बन्न थाल्यो । त्यस कारण हात्ती र मानव बीचको द्धन्द व्यवस्थापन गर्न हात्ती कोरीडोर निर्माणको योजना अघि बढाइएको हो ।’
जिल्लामा डिभिजन वन कार्यालय झापाले २०५६ सालदेखि बन्यजन्तुले पारेको क्षतिको क्षतिपूर्ती दनि थालेपछिमात्र हात्तीको आक्रमणबाट मृत्यु भएका मानिसको तथ्याङ्क राख्न थालिएको छ ।

त्यस अघि राज्यको कानुन नबन्दै क्षतिपूर्ती नपाएका भने ५६ जनाको मृत्युभएको प्रकृति संरक्षण समाज तथा ग्रिन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो ।यस अघि बिश्व बैंकको आर्थिक सहयोगमा मेची नगरपालिका ६ काँकरभिट्टाबाट वडा नं. ४, ५ र १ मा र इलामको रोङ गाउपालिकाको ६ गरि कुल १८ किलो मिटर लामो दुरीमा बिद्युतिय तारबार लगाइएको थियो । २०६६ सालमा १२ किलो मिटर देखि सुरु गरिएको तार बार प्रभावकारी भएपछि ७२ सालमा थप ६ किलोमिटर बढाइएको थियो ।


यो प्रबिधि अत्यन्तै प्रभावकारी भएपछि सरकारले पुन दक्षिणदेखि उत्तरसम्म स्थानीय रैथाले हात्तीको चरन क्षेत्रका लागि कोरीडोर निर्माण गर्न कुल १५२ किलोमिटर लामो सौर्य बिद्युतीय तारवार लगाउनु पर्ने योजना अघि बढाइएको हो ।

झापामा हात्तीको आधिकारी गणना नभएपनि डिभिजन वन कार्यालयले गरेको अध्ययन अनुसार ९ देखि १३ वटासम्म रैथाने हात्ती रहेको अनुमान गरिएको छ ।

याे पनि पढ्नुहाेस्

मध्यवर्ती क्षेत्रमा बढ्यो हात्ती आतङ्क

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?