logo
२०८१ बैशाख ७ शुक्रवार



विप्लवका १३ कार्यकर्ता नेकपामा प्रवेश

प्रदेश |




सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक असोज २६ गते । विप्लव समूह त्यागेर सिन्धुपाल्चोकका १३ जना कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोक अध्यक्ष कान्छामान तामाङ, अनेम संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष लक्ष्मी लामालगायतका टोली नेकपामा प्रवेश गर्नुभएको हो ।

सुनकोशी गाँेपालिकाका दिनेश तामाङ, केशरी लामा, डोमा तामाङ, मोहन तामाङ, फुरसाँगे लामा, चतुरमान तामाङ, बिनु तामाङ, बिक्रम तामाङ, जमासिं लामा लगाएत नेकपामा प्रवेश गर्नुभएको छ ।

विप्लव समूहका कारणले देश र जनताको समृद्धिमा बाधक पुग्ने देखिएकोले नेकपामा प्रवेश गरेको नवप्रवेशी कान्छामान तामाङले बताउनुभयो ।

नवप्रवेशीलाई नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटा र नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले पार्टी प्रवेश गराउनुभएको ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?