logo
२०८१ बैशाख ६ बिहीवार



विप्लव पक्ष परित्याग गरी नगर सेक्रेटरी नेकपामा प्रवेश

प्रदेश |




शिवराज ढुंगाना

अछाम, असोज २६ गते । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित समूहका जिल्ला सदस्य तथा नगर सेक्रेटरीले उक्त समूह परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ ।

कमलबजार नगरपालिका–५ विरपथ निवासी निर्पबहादुर शाहीले विप्लव पक्षको अभियान परित्याग गरेर नेकपाको कमलबजार नगर कमिटी सदस्यमा चयन हुनुभएको हो ।

विप्लव पक्षको अभियानले नेपालीको कुनै हित नहुने भन्दै आफुले परित्याग गरेको उहाँले बताउनुभयो ।

विप्लव पक्ष निकट मानिएका जिल्लास्थित केही नेता/कार्यकर्ता, शिक्षकले उक्त समूह परिवर्तन गरेर सत्तारुढ दल नेकपा र प्रतिपक्ष नेपाली काँग्रेसमा समेत प्रवेश गर्न थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?