logo
२०८१ बैशाख ८ शनिवार



सुरक्षित प्रदेश बनाउन प्रहरीको भूमिका अग्रणी - मन्त्री भण्डारी   

प्रदेश |


सुरक्षित प्रदेश बनाउन प्रहरीको भूमिका अग्रणी - मन्त्री भण्डारी   


      
सुर्खेत, असोज २४ गते । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीलाई सुरक्षित प्रदेश बनाउन प्रहरीको भूमिका अग्रणी रहेको बताउनुभएको छ ।

६४औँ प्रहरी दिवसका अवसरमा आज प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुरक्षित प्रदेश निर्माणका लागि प्रदेश सरकारले लागुऔषध नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने योजना रहेकाले उक्त अभियानमा प्रहरीको अग्रणी भूमिका हुनुपर्ने बताउनुभएको हो ।    
    
आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका १० वटै जिल्लामा चालू आवमा लागुऔषध नियन्त्रणलाई विशेष अभियानका रुपमा सञ्चालन गर्ने भएको छ । मन्त्री भण्डारीले प्रहरीकै नेतृत्वमा अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।    
    
नेपाल प्रहरीलाई स्रोत–साधन सम्पन्न बनाउन प्रदेश सरकार तत्पर रहेको उहाँको भनाइ थियो । “गत वर्ष प्रहरीका लागि १४ वटा गाडी उपलब्ध गरायौँ, यस वर्ष पनि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि बजेट छुट्याएका छौँ”, उहाँले भन्नुभयो, “समाजका लागि प्रहरी अपरिहार्य सङ्गठन भएकाले यसलाई स्रोत–साधन सम्पन्न गराउन जरुरी छ ।” अमर प्रहरी परिवार सङ्घका सचिव रामकुमारी थापाले राज्यले अमर प्रहरीहरुको योगदान भुलेको गुनासो गर्नुभयो । अमर प्रहरीका परिवारलाई जीवनयापन गर्न समस्या परेको उहाँको भनाइ थियो ।    
    
कार्यक्रममा कर्णालीमा कार्यरत विभिन्न दर्जाका सात प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । पुरस्कृत हुनेहरुमा प्रहरी उपरीक्षक सञ्जीव शर्मा, प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, अरबिन्द्रप्रताप सिंह, सिंहबहादुर खड्का, प्रहरी सहायक निरीक्षक पे्रमप्रकाश शर्मा, हबल्दार सुरेश हमाल र जवान मानबहादुर थापा रहनुभएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?