logo
२०८१ बैशाख १३ बिहीवार



समृद्ध कर्णालीको अठोट पूरा गर्ने प्रेरणा मिलोस्ः मुख्यमन्त्री शाही

प्रदेश |


समृद्ध कर्णालीको अठोट पूरा गर्ने प्रेरणा मिलोस्ः मुख्यमन्त्री शाही


सुर्खेत, असोज २१ गते ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणको अभिभारा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

विजयादशमी, तिहार र छठ पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले ‘समृद्ध कर्णाली र सुखी कर्णालीवासी’ को अठोट पूरा गर्न विजयादशमी लगायतका चाडपर्वले सबैमा पे्ररणा मिलोस् भन्नुभयो ।

मुख्यमन्त्री शाहीले प्रशासनिक संरचना, कानून, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि प्रदेश सरकारले छाटो अवधिमै कर्णालीको विकास, समृद्धि र सार्वजनिक सेवा प्रवाहको जग निर्माण गर्न सफल भएको भन्दै अत्यावश्यक कानून निर्माण, प्रदेश संगठन संरचना एवं आवश्यक कार्यालयहरुको स्थापना, आपतकालिन राहत तथा उद्धार, सबै नागरिकको विपद् बीमाजस्ता महत्वपूर्ण कामहरु सम्पन्न गरेको बताउनुभयो ।
प्रदेशको जीवनरेखाको रुपमा जमुनाहा–हिल्सा दु्रतमार्ग निर्माण गर्न चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययन पूरा गरी आशालाग्दा काम गर्न सफल भएको उल्लेख गर्दै उहाँले चाडपर्वलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नबनाउन, आफ्नो पारिवारीक मूल्य–मान्यता अनुसार पारिवारीक मिलन, शुभकामना आदान–प्रदानका रुपमा मनाउन सबैमा आग्रह गर्नुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?