logo
२०८१ बैशाख ८ शनिवार



छ वर्षमा ३६ सय महिलाले पाए अङ्गिकृत नागरिकता

प्रदेश |


छ वर्षमा ३६ सय महिलाले पाए  अङ्गिकृत नागरिकता
सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय । तस्बिर - जनार्जन खत्री


सर्लाही समाचारदाता ।
सर्लाही, असोज ६ गते । सर्लाहीमा छ वर्षको अवधिमा तीनहजार ६११ जना महिलाले वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गरेका छन् ।

२०७० साउन १ गतेदेखि २०७६ भदौ ३१ गतेसम्म सो सङ्ख्यामा वैवाहिक अङ्गिकृत नागरिकता प्रदान गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय तथा हरिवन र बरहथवामा रहेको ईलाका प्रशासन कार्यालयबाट वैवाहिक अङ्गिकृत नागरिकता वितरण हुँदै आएको छ ।

भारतबाट विवाह गरेर आउने भारतीय महिलाले वैवाहिक अङ्गिकृत नागरिकताका लागि पेस गरेको कागजातको आवश्यक अनुसन्धान गरी नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले स्पष्ट पार्नुभयो ।

‘भारतीय महिलाले नेपाली युवासँग विवाह गरेपछि उहाँहरुले पेस गरेको कागजात अनुसन्धान गरी विद्यमान कानुन अनुसार वैवाहिक अङ्गिकृत नागरिकता प्रदान गर्दै आएका छौँ’, प्रजिअ जिसीले भन्नुभयो, ‘हिजोआज जिल्ला प्रशासन कार्यालय मलङ्गवाबाट मात्रै दैनिक दुई/तीन जना भारतीय महिलाले अङ्गिकृत नागरिकता बनाइरहेका छन् ।’

मधेसी समुदायको बाक्लो बस्ती रहेको जिल्लाको दक्षिणी भेगका धेरैजसो युवायुवतीको विवाह भारतीयसँग हुने गरेको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मलङ्गवाले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमार्फत् दैनिक सम्पादित कार्य प्रगति सार्वजनिक गर्न थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?