logo
२०८१ बैशाख ५ बुधवार



अवैध ढुंगा बालुवा निकासी गर्ने १३ ट्याक्टर प्रहरी नियन्त्रणमा

प्रदेश |


अवैध ढुंगा बालुवा निकासी गर्ने १३ ट्याक्टर प्रहरी नियन्त्रणमा


चाँदनी आचार्य
लम्की, असोज ५ गते । घोडाघोडी नगरपालिकामा अवैधरुपमा ढुुंगा र बालुवा ढुुुवानी गर्दैै गरेका १३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नगरपालिकाले गिट्टी, बालुवा र ढुंगालगायत नदी जन्य पदार्थको टेण्डर प्रकृयाबाट ठेक्का दिइ नसकेको अवस्थामा अवैध रुपमा सामाग्री ढुवानी हुन थालेपछि इलाका प्रहरी कार्यालय सुखडले ढुंगा बालुवा सहित ट्याक्टर शनिवार नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरीशरण भट्टले नगरपालिकाले नदीजन्य पदार्थ उठाउन ठेक्का दिइ नसकेको र टेण्डर प्रकृयामा रहेको अवस्थामा लठुवा कान्द्रालगायतका नदीबाट ढुंगा बालुवा अबैधरुपमा निकासी हुन थालेपछि ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

नियन्त्रणमा लिइएका बालुवा ६ ट्रली र ढुंगा ७ ट्रली लोडसहितका १३ ट्याक्टर इलाका प्रहरी कार्यालय परिसर सुखडमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?