logo
२०८१ बैशाख ७ शुक्रवार



वाढीले बेनी बगरफाँटका दुईघर बगायो, दुई वेपत्ता (फाेटाे फिचर)

प्रदेश |


वाढीले बेनी बगरफाँटका दुईघर बगायो, दुई वेपत्ता (फाेटाे फिचर)


ठाकुरप्रसाद आचार्य
बेनी (म्याग्दी) असोज ५ गते । शनिवार राती आएको भीषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ । बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढी आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली उद्धारमा जुटेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले बताउनुभयो ।
बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
बाढीको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धारका लागि राती नै घटनास्थलमा पुगेको र उद्धारमा खटिएको प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो । बाढीमा परेर दुइजना बच्चाहरु हराइरहेका हुनाले उनीहरुको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।
बुद्ध एकेडेमीको खेल मैदानमा बाढी पसेको र विद्यालयका सबै कोठाहरु बन्द भएका कारण पानी बग्न नपाई एक पक्की सहित ४ वटा भवनहरु मध्ये दुई वटा कच्ची ब्लकका कक्षाकोठा हरुमा क्षति पुगेको विद्यालयका प्रबन्धक निर्देशक राजकुमार थापाले बताउनुभयो ।
रातको समयमा भीषण बर्षा भएको र खोलाले धार परिबर्तन गरि आएको हुनाले अकल्पनीय क्षति भएको थापाले बताउनुभयो । राहत र उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी,स्थानीय प्रशासन र सर्वसाधरणहरु पुगेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?