logo
२०८१ बैशाख ८ शनिवार



दुई बालकको मृत्यु

प्रदेश |


दुई बालकको मृत्यु


विष्णुप्रसाद पोखरेल
दमक, असोज ४ गते । सिचाईंको काम गर्ने क्रममा झापाको कमल गाउँपालिका दुई बालकको मृत्यु भएको छ ।

कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीका अनुसार निर्माण ब्यवसायीले जाली लगाउने क्रममा खनेको खाल्डोमा परेर उनीहरुको मृत्यु भएको हो ।

खाल्डोमा पौडी खेल्न गएको अवस्थामा डुबेर मृत्यु भएको स्थानीयले बताएको उहाँले जनाउनुभयो ।

कमल गाउँपालिका–४ भुत्लुङखोलाको कल्भर्ट नजिकै खाल्डोमा डुबेर भोजपुर घर भई हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आउनुभएका सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको ११ बर्षिय छोरा क्रेडिड बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले बताउनुभयो ।

उनीहरु शुक्रबार दिउँसोदेखि नै हराइरहेका थिए । साँझसम्म पनि घर नआएपछि खोजतलास गर्ने क्रममा पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।

प्रहरीलाई खबर गरेपछि परिवारले थाहा पाएको बताउँदै सुब्बाले शनिवार विहानैदेखि घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो । ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?