logo
२०८१ बैशाख ८ शनिवार

  वर्षाकाे असर 



पहिरोमा बालकको मृत्यु अरनिको राजमार्ग अबरुद्ध, काभ्रेका ग्रामीण यातायात ठप्प

प्रदेश |


पहिरोमा बालकको मृत्यु अरनिको राजमार्ग अबरुद्ध, काभ्रेका ग्रामीण यातायात ठप्प
तस्वीर साभार ः सुन्दर लामाको फेसबुक


मधुसुधन तिमल्सिना
काभे्र, असोज १ गते । अविरल बर्षाका कारण पहिरो जाँदा काभे्रमा एक बालकको मृत्यु भएको छ । पाँचखाल नगरपालिका वडा न ४ फेदीमा पहिरोले टहरा पुरिदाँ जीतबहादुर लामाका ४ बर्षीय छोरा सजन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले बिहान ७.०० बजे टहरा माथिबाट आएको पहिरोले टहरा बगाउँदा मण्डनदेउपुर नगरपालिका वडा न ११ घर भएका हाल सोही स्थानमा बस्दै आएका बालकको मृत्यु भएको जानकारी दिनुभयो ।


टहरामा पसल समेत रहेकाले अन्य भाग्न सफल भएपनि बालक भाग्न नसक्दा पहिरोले बगाएर मृत्यु भएको डीएसपी गिरीले बताउनुभयो । पहिरोले सँगै रहेको अर्काे टहरामा पनि सामान्य क्षति पुगेको छ ।
लगातार परेको अविरल बर्षाले अरनीको राजमार्ग अबरुद्ध भएको डीएसपी गिरीले बताउनुभयो । अरनीको राजमार्ग अन्र्तगत जिरो किलोदेखि दोलालघाट सम्म धेरै ठाउँमा पहिरो गएका कारण राजमार्ग बन्द भएकोे उहाँले बताउनुभयो ।
त्यस्तै काभ्रे जिल्लाको अधिकांश ग्रामीण सडकहरु अबिरल बर्षाका कारण ठप्प भएका छन् । जिल्लाको कोशिपारि र डाँडापारिको सडकको अवस्था कच्चि भएकाले धेरै ठाउँमा पहिरो गएका कारण आवत जावतका ठप्प भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?