logo
२०८० चैत्र १६ शुक्रवार



अछाममा जीप दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

प्रदेश |


अछाममा जीप दुर्घटनामा तीनको मृत्यु, तीन घाइते



शिवराज ढुंगाना
अछाम, भदौ ५ गते । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका बुधबार राती जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।
दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–३ तिमिल्सेनका ३९ वर्षीय अशोक परियार, वडा नम्बर ४ का ३८ वर्षीय कालुसिंह आउजी र बैतडी डिलासैनी गाउँपालिका– का २२ वर्षीय लालबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अक्षामले जानकारी दिएको छ । प्रहरीका अनुसार परियारको घटनास्थलमै मृत्यु भएको हो भने आउजी र बोहराको उपचारका क्रममा जिल्लाको वयालपाटा अस्पतालमा ज्यान गएको हो ।
उक्त दुर्घटनामा घाइते हुनेमा बान्नीगढ जयगढ गाउँपालिका–४ तिमिल्सेनका तर्कराज तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिका–७ कीर्तिपुरका जनजिर चौधरी र कैलाली धनगढी उप–महानगरपालिकाका घनश्याम चौधरी रहेका रहेका छन् । घाइतेको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप बुधबार राती ७ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । पानी परेका कारण चिप्लो बाटो र रातीको समयमा तीव्र गतिका कारण दुर्घटना हुनसक्ने अछाम प्रहरीले प्रारम्भिक अनुमान गरेको र थप अनुसन्धान भइरहेको अछामभ प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिुनभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?