logo
२०८१ बैशाख ८ शनिवार



मुलुकको अवस्थाबारे एमालेले सार्वजनिक गर्‍यो १५ बुँदे धारणा (सूचीसहित)

देश संकटतर्फ धकेलिएको आरोप

राजनीति |


मुलुकको अवस्थाबारे एमालेले सार्वजनिक गर्‍यो १५ बुँदे धारणा (सूचीसहित)
फाइल तस्बिर


काठमाडौं, माघ ९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मुलुकको वर्तमान अवस्थाका विषयमा १५ बुँदे धारणा सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भनिएको धारणा आइतबार विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओली र पत्नी राधिका शाक्यमा कोरोना संक्रमण पुष्टि भएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भनिएको धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।

एमालेले सरकारको छ महिना कार्यकालको गतिविधिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको हाे । पाँचदलीय सत्ता गठबन्धनको सरकारको गतिविधिप्रति आलोचना गर्दै एमालेले देश गहिरो संकटतर्फ धकेलिएको आरोप लगाएको छ । एमालेले कोभिड–१९ महामारीविरुद्ध वर्तमान सरकारले केही गर्न नसकेको ठहर गरेको छ ।

अर्थतन्त्रका सूचकहरु ऋणात्मक भएको, प्रतिनिधिसभा संसदको बैठमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विभाजित गर्न खोजिएको, विकास साझेदारका विश्वास गुम्दै गएको लगायतका विषयमा एमालेले वक्तव्यमार्फत सरकारको आलोचना गरेको छ ।

यससँगै संविधान बमोजिम स्थानीय तहको चुनाव हुनुपर्नेमा चुनावलाई धकेल्न विभिन्न प्रपञ्च रचिएको समेत एमालेको वक्तव्यमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?